संयुक्त वक्तव्यका कमजोरी सच्यायौं : प्रधानमन्त्री

जनसरोकार

४ कात्तिक,काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका बेला जारी भएको संयुक्त वक्तव्यका केही प्रावधानलाई गोवा सम्मेलनका बेला सच्याएको बताएका छन् ।

कान्तिपुर दैनिकमा खबर छ– भारतको राजधीय भ्रमण र ब्रिक्स–बिमस्टेक सम्मेलनबारे सदनलाई जानकारी गराउँदै उनले संयुक्त विज्ञप्तिमा उल्लिखित भारतीय सहयोग परियोजनाको निरीक्षण नेपाल सरकार र भारतीय दूतावासले संयुक्ति रुपमा अनुगमन गर्ने व्यवस्था सच्याइएको जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारका सचिव वा सहचसचिवको नेतृत्वमा अनुगमन संयन्त्र निर्माणबारे भारतीय समकक्षीसँग ब्रिक्स–बिमस्टेक सम्मेलनका क्रममा गोआवामा कुराकानी भएको बताए ।

भारतको राजकीय भ्रमण र गोवा सम्मेलनका बेला आफूले उच्च कूटनीतिक मर्यादा कायम राखेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङसँगको त्रिपक्षीय भेटबारे समेत देशभित्र नकारात्मक टिप्पणी भएको गुनासो गरे । ‘त्यो भेट एउटा सुखद संयोग थियो, योजना बनाएको भए यस्तो भेट हुन सक्दैनथ्यो,’ उनले भने ।

Post Comment