राती १० बजेपछि देउसी भैलो खेल्न नपाइने

जनसरोकार

काठमाडौं । गृह मन्त्रालयले नेपालीहरुको महान चाड तिहारको अवसरमा गरिने देउसी–भैलोलगायतका कार्यक्रम राती १० बजेपछि नगर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले सोमबार एक विज्ञप्ती जारी गर्दै रातको समयमा देउसी भैलो खेल्दा शान्ति सुरक्षामा प्रतिकूल असर पुग्न सक्ने भएकाले राती १० बजेसम्ममात्र देउसी भैलोलगायतका सांस्कृतिक कार्यक्रम गर्न आग्रह गरेका छन् ।
‘देउसी भैलो लगायतका विभिन्न सांस्कृतिक कार्यक्रमहरु रातको समयमा गर्दा अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिहरुले शान्ति सुरक्षामा प्रतिकूल असर पुर्याउन सक्ने हुँदा सुरक्षालाई दृष्टिगत गरि देउसी भैलोलगायतका कार्यक्रमहरु राती १० बजेसम्म मात्र गर्न मन्त्रालय अनुरोध गर्दछ’विज्ञप्तीमा भनिएको छ ।
मन्त्रालयले तिहार र छठ जस्ता पर्वहरुमा भूइँचम्पा, पटका र अतिसवादी जस्ता विष्फोटक पदार्थ प्रयोग नगर्न र प्रयोग गरेको पाइए कानुन बमोजिम कारबाही गरिने समेत स्पष्ट पारेको छ।

Post Comment