कोलोराडाका नेत्र सुबेदी ‘धार्मिक क्रान्ती’ अडियो लिएर बजारमा आउंदै

जनसरोकार

netra-subediबाबा गोपी नाथ सुबेदी अनि आमा तुलसा सुबेदीको कोखबाट भूटानको दागानामा जन्मेका नेत्र सुबेदी नेपाली भाषी भूटानीहरुको लागि नयाँ नाम होला तर अब त्यही नयाँ नाममा मात्र सिमित नरहने भयो ।

समाजसेवामा धेरै रुची राख्ने सुबेदीले समाजको विभिन्न बिकृती अनि विसंगति राम्रोसंग बुझेका छन । भुटानी शरणार्थी शिविर बेलडागी १ बाट तेस्रो मुलुक पुनर्वास कार्यक्रम अन्तर्गत अमेरिका आएका सुबेदीले समाजको धार्मिक अनि सामाजिक बिकृतीलाई प्रहार गर्ने हेतुले धार्मिक क्रान्ती अडियो लिएर बजारमा आउन लागेका हुन ।

पण्डित र पुरेतले सबै कुरा सत्य नबोलेको, धर्मको नाममा भएका बिकृती अनि मान्छे- मान्छेमा हुने छुवाछुतलाई मुख्य बिन्दुलाई विषय बनाएर सुबेदीले आफ्नो अडियो बजारमा ल्याउन खोजेका छन् । समाजमा अडियो आएपछि उनी चम्किलो तारा झैँ उदाउने कुराको आश समाजले गरेको छ । हाल अमेरिकाको कोलोराडोमा रहेका सुबेदीले आफु पण्डित अनि पुरेतहरु गरेका बयानसँग असहमत भएकाले आफुले क्रान्ती गर्न खोजेको बताए ।

हिन्दु धर्मको ३ वोटा ग्रन्थमा उल्लेख गरिएको कुराहरुलाई संकलन गरेर तयार पारिएको अडियोलाई सन् २०१७ को मार्चसम्ममा बजारमा निकाल्ने कोसिस गर्दैछन सुबेदीले । शिविरमै हुँदादेखि यस्ता विकृतीको कुरा पर्दाफास गर्ने सोचमा रहेका सुबेदीले किताबमै आफ्नो कुराहरु निकाल्ने प्रायसमा थिए तर, किताब पढ्ने कसैलाई फुर्सद नदेखेको कारण अडियोमार्फत आफ्नो कुरा सबै माझ आउन खोजेको बताए । अडियो बजारमा आए पछि निक्कै चर्चा हुने कुरामा आफु विश्वस्ता रहेको सुबेदीले भने “-विशेषगरि युवा वर्गालाई धर्म के हो ? धर्ममा भएको बिकृती अनि विसंगति के हो ? त्यो कुरा सबै थाहा होस् अनि सबैमा जनचेतान जाहोस भन्ने नै हो । ” सधै सकारात्मक सोचको विकास गर्नु पर्छ भन्ने कुरालाई आत्मा साथ गर्दै अघि बढेका सुबेदीले धर्मको नाममा पैसा मात्र कमाएकाहरुलाई आफ्नो अडियो सुन्न आग्रह गरेका छन् ।

धर्मलाई बिज्ञान ठान्ने सुबेदीले मन्दिर जाने अनि पुजा गर्नेहरुले कुनै धर्म नकमाएका अनि भगवानका चार दर्जाका भक्ता हुन्छन भन्ने कुरा समेत आफ्नो अडियोमा समावेश गरिएको जानकारी दिएका छन् । ३० वर्षको अध्यानपछि आफुले जानेको कुरा निकाल्ने प्रयास गरेको सुबेदीले समाज या संसारका सबै मान्छे एउटै हुन् भाषा, उनीहरुले मान्ने धर्म फरक होला तर जनचेतनाको कारण धेरै बिकृती अनि विसंगति रहेको आफुले पाएको बताए ।

Post Comment