नेकपा (माओवादी)द्धारा चक्का जाम र नेपाल बन्दको घोषणा

जनसरोकार

१८ कात्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी)ले कात्तिक २३ गते मुलुकभरि चक्का जामको आह्वान गरेको छ ।
मूल्य वृद्धि भएको विरोधमा आन्दोलनरत विप्लव माओवादीले २३ गते एक घण्टा चक्का जाम राखेको हो ।
विप्लव माओवादीका प्रभावशाली नेता ईश्वरी दाहाल (असारे काका)ले कात्तिक २८ गतेको नेपाल बन्दलाई सफल बनाउन चक्का जामसहितका सहायक कार्यक्रम राखेको बताए ।
कार्यक्रम अनुसार विप्लव माओवादीले कात्तिक १९ गते कोणसभाहरू गर्नेछ । कात्तिक २१ गते पोष्टरिङ र २२ गते थाल ठटाएर विरोध प्रदर्शन गर्ने जनाइएको छ ।

Post Comment