ढिला गरी पोखरा आईपुगे भारतीय राष्ट्रपति मुखर्जी

जनसरोकार

पोखरा, १९ कात्तिक । । भारतीय राष्ट्रपति प्रणव मुखर्जी पोखरा आइपुगेका छन् । नेपालको तीन दिने राजकिय भ्रमणको अन्तिम दिन उनी दिउसो पौने ३ बजे पोखरा आइपुगेका हुन् ।

दिउसो पौने १ बजे आइपुग्ने कार्यक्रम रहेपनि दुई घण्टा ढिलोगरी पोखरा आइपुगेका उनलाई स्थानिय विकास मन्त्री हितराज पाण्डे , क्षेत्रीय प्रशासक खगराज वराल सहित पोखरा स्थित सुरक्षा निकायका प्रमुखहरुले स्वागत गरेका थिए ।

उनलाई विमानस्थल वाहिर पोखरेलीले नेपाल र भारतको झण्डा हल्लाउदै वाजागाजा र झाकी सहित स्वागत गरेका छन् । विमानस्थलमा अवतरण भएलगतै उनी दिवा भोजको लागि विरौटा स्थित पोखरा ग्राण्ड होल पुगेका छन् ।

उनी रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा आयोजित कार्यक्रममा सहभागी हुदैछन् । सो कार्यक्रममा करिब १० हजार भूतपूर्व भारतीय गोर्खा सैनिकलाई सम्बोधन गर्ने कार्यक्रम छ । झण्डै एक घण्टाको कार्यक्रममा केहि नेपाली मौलिक नृत्य तथा भारतीय कलाकारको समेत प्रस्तुती रहने बुझिएको छ ।

Post Comment