अपडेट : पोखरामा मुखर्जीको विरोध वेलुनमा कालोझण्डा बाधेर उडाएको भन्दैै बिप्लव माओबादीका ४ कार्यकता पक्राउ

जनसरोकार

१९ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको विरोध पोखरामा वेलुनमा कालोझण्डा बाधेर बिप्लव माओबादीका कार्यकर्ताले उडाएको पुष्टि भएको छ । प्रहरी बेलुन उडाएको भन्दै माओवादीका ४ जना कार्यकर्तार्लाइ पक्राउ गरेको छ ।
बेलुन उडेलगतै खटिएको प्रहरी टोलीले सो कार्यमा संलग्न चार जनालाई नियन्त्रणमा लिएको छ । विप्लव माओबादीका कास्की जिल्ला जनसरकार प्रमुख जगन तिवारी, गण्डक ब्यूरो सदस्य भिम चापागाई तथा टिकाराम घिमिरे र बम बहादुर हितान मगर पक्राउ परेका हुन् ।

Post Comment