एएफसी सोलिडारिटी कप फुटबल: :नेपालको ऐतिहासिक जित ,फाईनलमा प्रबेश

जनसरोकार

२७ कार्तिक । नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको फाईनलमा प्रबेश संगै ऐतिहासिक जित हात पारेको छ । आज भएको सेमिफाईनलमा लाओस लाई पेनाल्टी सुट आउटमा  पराजित गर्दै ईतिहास रच्न सफल भएको हो  । नेपालका लागि बिमल घर्तिमगर र अनन्त तामाङले  गोल गरे । पेनाल्टी सुट आउटमा नेपाल ३-० गोल अन्तरले बिजयि भएको छ । लाओसविरुद्धको खेलको पहिलो पेनाल्टीमा हेमन गुरुङले गोल गरेका छन्। लाओसको पहिलो पेनाल्टी भने किरण चेम्जोङले बचाए। उनले दोस्रो गोल पनि रोके।  नेपालको दोस्रो प्रहारमा विक्रम लामा सफल भए। नेपालका लागि अर्को गोल सुजल श्रेष्ठले गरे।  लाओसले टाइब्रेकरमा कुनै पनि गोल गर्न सकेन।

दुई प्रहार किरण चेम्जोङले बचाए भने एउटा प्रहार पोष्ट बाहिर गयो । निर्धारित समयको खेलमा भने लाओसले अग्रता लिएको थियो । १७ औं मिनेटमा गोल गरेको उसले पहिलो हाफसम्म त्यसलाई जोगाएर राख्यो ।

तर, दोस्रो हाफको सुरुमा नै नेपालमा नेपालले बराबरी गोल फर्कायो । नेपालका लागि विमल घर्ती मगरले गोल गरेका हुन् ।

दुबै टोलीले केही मौका पाएपनि थप गोल गर्न सकेन र, निर्धारित समयको खेल १-१ को बराबरीमा सकियो । अतिरिक्त समयको खेलको १०४ औं मिनेटमा अनन्त तामाङले गोल गर्दै नेपाललाई २-१ अग्रता दिलाए ।

तर, अन्त्यतिर नेपालले गोल खानपुग्यो । र,खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।

ईतिहास रच्यो !

यो खेलमा जित हात पारे एकै वर्ष नेपाली फुटबलले लगातार तीनवटा प्रतियोगिताको फाइनल पुग्ने इतिहास रचेको छ । उमेर समूहको प्रतियोगिता भएपनि यसै वर्ष नेपालले बङ्गबन्धु गोल्डकप र १२ औं दक्षिण एसियाली खेलकुदतर्फ फुटबलमा स्वर्ण जितेको थियो। यी दुवै प्रतियोगिता जित्दा हाल राष्ट्रिय टोलीमा रहेका प्राय: सबै खेलाडी टोलीमा थिए।
12
नेपाल र लाओसबीच ६ महिनाअघि भियतनाममा भएको मैत्रिपूर्ण खेल १–१ को बराबरीमा टुङ्गिएको थियो। त्यतिबेला ७८ मिनेटमा विशाल राईको गोलका कारण नेपालले अग्रता बनाए पनि त्यसको एक मिनेट भित्रै लाओसका पाथाना सिभिलेले गोल फर्काएका थिए।

 

 

Post Comment