सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम सुरु

जनसरोकार समाज

पोखरा ३ मंसिर । पोखरामा सार्वजनिक जग्गा र सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने काम सुरु गरिएको छ । पोखराको विजयपुमामापदण्ड विपरित बनेका घरटहरा सहित होडिङ बोर्ड समेत भत्काइएको छ ।पोखरा उपमहानगरपालिकाले शुक्रवार पृथ्बी राजमार्ग अन्तर्गत विजयपुर खोला आसपास बनेका घर टहरा भत्काएको हो। साथै सडक छेउमा राखिएका होडिङ वोर्डसमेत हटाइएको छ । मापदण्ड मिचेर बनेकासंरचना हटाउने काममा पोखरा उपमहानगरपालिका, पोखरा उपत्यका नगरबिकास समिती, विभिन्न राजनीतिक संयन्त्रका पदाधिकारी , प्रहरीको पनि सहभागी थिए ।पहिलो चरणमा बिजयपुर खोला देखि पृथ्वीचोक सम्म सडकको दाँयाबाँया रहेको अतिक्रमित घरटहरा तथा होर्डिङ बोर्ड हटाइने पोखरा उपमहानगरपालिकाकाकार्यकारी अधिकृत नवराज ढुंगानाले वताए । पहिलो चरण सकिएपछि पोखराका अन्य क्षेत्रमा मापदण्ड विपरित निर्माण भएका घरटहरा र सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका बस्तीहरुमा डोजर लागाइने उनले वताए । पहिला सुचनादिने र सुचना दिदा पनि अटेर गरेको खण्डमा नगरपालिका आफैले डोजर प्रयोग गरी सार्वजनिक जग्गामा निर्माण भएका घरटहराहरु हटाउने उनको चेतावनी छ । पोखरा उपमहानगरपालिका संगै पोखरा उपत्यका नगरबिकास समितीले अतिक्रमित सार्वजनिक जग्गा संरक्षण गर्नमा तत्परता देखाएको छ । अतिक्रमित घरटहराहटाउने अभियानमा भेटिएका पोखरा उपत्यका नगरबिकास समितीका अध्यक्ष प्रकाश मोहन खनालले पोखरा उपत्यका नगरबिकास समितीले पनि पोखराको बसपार्क निर्माणका लागी अतिक्रमित घरटहरा हटाउने तयारीमा रहेको वताए । विभिन्न राजनीतिक संयन्त्रहरु संग छलफल भइरहेको र पोखराको बृहत्तर बिकाससंगै पोखरा बसपार्क निर्माणका लागी सुकुम्बासीलाई हटाउने तयारी गरिएको उनले बताए ।केही वर्ष अगाडी पोखराको फिर्के खोला अतिक्रमण भएको भन्दै पोखरा उपत्यका नगरबिकास समिती र पोखरा उपमहानगरपालिकाले घर टहरा हटाउन सुरु गरेपनि पूर्णता पाउन नसक्दा अहिले फिर्केको अतिक्रमणले नेटो काटेको छ ।

Post Comment