नयाँ शक्ति नेपालका भट्टराईले १ करोड भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर

जनसरोकार

८ मङ्सिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका पूर्व अतिरिक्त महानिरीक्षक ऋषवदेव भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता गणेशराज कार्कीका अनुसार भट्टराईको चल अचल सम्पत्तिको छानबिन गर्दा वैध आयको तुलनामा अवैध आय बढी देखिन आएकाले मुद्दा दायर गरिएको हो । आयोगले आफ्नो अनुसन्धानमा भट्टराईको वैध स्रोतबाट आर्जन गरेको सम्पत्तिभन्दा अवैध रुपमा आर्जन गरेको सम्पत्ति बढी देखिएको र त्यसको स्रोतसमेत स्पष्ट नभएकाले बिगोबमोजिम जरिवानासमेत असुल उपर गरी पाउँ भनी माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको जनाएको छ ।

भट्टराई डा बाबुराम भट्टराई संयोजक रहनु भएको नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य समेत हुनुहुन्छ ।

Post Comment