काठमाडौ ९,मङ्सिर । ललितपुरको ग्वार्कोमा दोहोरी साँझमा काम गर्ने एकयुवती मंगलबजार सुन्धारास्थित आफ्नो कोठामा आइन। उनलाई त्यहाँसम्म पुर्याउन उनको प्रेमी जुम्लाका राजविक्रमरावल पनि सँगै आएका थिए। रातको साढे १ बजे घरबेटीले गेट नखोलेपछि ती युवतीलाई प्रेमी रावलले आफ्नै कोठामा जान आग्रह गरे।२० वर्षे युवती प्रेमीको कोठा इमाडोल जान राजी भइन । उनीहरु हिँडेर नै सुन्धारादेखि इमाडोल जाँदैथिए। इमाडोलको कृष्णमन्दिरपुगेपछि एउटै मोटरसाइकलमा आएका ३ जना युवाले उनीहरुलाई रोकेर प्रहरीले झै केरकार गर्न थाले।३ जना केटाहरुले रावललाई कुटपीट गरेर उनको प्रेमिकालाई मोटरसाइकलको बीचमा हालेर लिएर गए। रावल भने आफ्नो प्रेमिकालाई मध्यरातमा केटाहरुले अपहरणगरेको भन्दै तत्काल इमाडोल प्रहरीकहाँ गएर जानकारी गराए।इमाडोल र सातदोवाटो प्रहरीले प्रहरी परिचालन गरेर इमाडोल क्षेत्रमा गस्ती गर्न थाल्यो। साढे २ बजे ती युवतीको साथमा रहेका३ जना युवाहरु प्रहरीले रातोभाले चोकबाट पक्राउ गर्यो।प्रहरीले इमाडोलका प्रवेश थापा, निर्मल थापा र कास्कीका सुशिल अर्याललाई पक्राउ गरेको हो। प्रेमी रावललाई केटाहरुले कुटपीट गरेपछि युवतीलाई मोटरसाइकलको बीचमा हालेर केटाहरुले कोठामा लगि सामूहिक बलात्कार गरेको अनुसन्धानबाट खुल्न आएको ललितपुरका डिएसपी इश्वर कार्कीले बताए।अपहरण गरेर सामूहिक बलात्कार गरेको भन्दै युवतीले अहिले सातदोवाटो प्रहरी वृतमा उजुरी दिएकी छिन्।
#सेतोपाटी साभार