मंसिर १० ,सङघीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले बैज्ञानिक रुपमा घरभाडा निर्धारण गरिने बताउनु भएको छ। घर बहाल सरोकार महासंघ नेपालले हिजो मन्त्रालयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले यस समस्यालाई वैज्ञानिक ढङ्गबाट समाधान गर्न मन्त्रालयले आन्तरिक गृहकार्य गरिरहेको र छिट्टै स्पष्ट नीति निर्माण गरिने बताउनु भयो।
महासंघले बुझाएको ध्यानाकर्षण पत्रमा घर बहाल ऐन तथा लगानिकता सुरक्षा ऐन जारी गरिनु पर्ने ,बहालमा लगाउने घरधनिले राज्यलाई घर बहाल कर अनिवार्य रुपमा तिर्ने गरी नीति निर्माण गरिनु पर्ने ,न्युनतम सुबिधा घरधनी स्वयमले नै उपलब्ध गराउनु पर्ने ,प्रत्यक पाँच बर्षमा १० प्रतिशतका दरले भाडा बृद्धि गरिनुपर्ने लगायत उल्लेख छ। त्यस्तै ध्यानाकर्षण पत्रमा सरोकार भएका पक्षसँग समन्वय गरी नीति नियम र निर्देशिका तयार गरी जारी गर्ने समेत अनुरोध गरिएको छ।
काठमाडौं उपत्यकामा करिब १४ लाख र मुलुकमा करिब ७० लाख व्यक्ति घर भाडामा बस्दै आएका महासंघ वरिष्ठ उपाध्यक्ष ओमप्रसाद पोखरेलले बताउनु भयो ।