पोखरा १२ मंसिर । एक प्रेमिल जोडी मङ्सिर ९ गते पनि पोखराको पर्यटकीय गन्तव्य सराङकोट डाँडा जाने योजना बुन्छन् । दिउँसो ३ बजेतिर सराङकोट पुग्छन् । यो उनीहरूको दोस्रो ‘डेट’ थियो । उनीहरू त्यसको तीन दिनअघि सोहिठाउँमा पुगेका थिए । त्यहाँ आफूजस्ता धेरै जोडी देखेपछि डेटिङ स्पटकै रुपमासराङकोटलाई यो पल्ट पनि उनीहरूले चयन गरे ।पहिलो भेटमा दिनभर गफगाफमा भुलेर साँझपरेपछि फर्केका उनीहरूलाई दोस्रो ‘डेट’ मा भने प्रहरी फिल्मी ‘भिलेन’ को शैलीमा प्रस्तुत भए ।
सराङकोटको पिकनिक स्थल जाने जंगलको बाटोमा स्कुटर रोकेर बसिरहेका उनीहरू फोटो खिच्न व्यस्त थिए । कहिले अंगालोमा गफिन्थे, कहिले सेल्फी खिच्थे । उनीहरूको गतिविधिलाई प्रहरीले पहिल्यै निगरानीमा राखिरहेको थियो । एक जुनियर अधिकृत र जवान थिए । ‘सार्वजनिक ठाउँमा के गरी बसिरहेका तिमीहरु ? यस्तो ठाउँमा यसरी बस्ने हो? बसिरहेको त हो ’ युवकले जवाफ फर्काए । प्रहरीले ब्लुबुक र सवारीचालक अनुमतिपत्र लिए । प्रहरीले युवक र युवतीको अभिभावकको नम्बर पनि मागे । सोही समयमा प्रहरी जुनियर अधिकृतलाई कसैको फोन आयो । उनी फोनमा गफिए । ब्लुबुक÷लाइसेन्स प्रहरीकै नियन्त्रणमा थियो । ‘होटल जाने पैसा नभएर तिमीहरू जंगल आएको ’ प्रश्न गरे ।अर्को प्रहरी जवानदेखि अलि पर गएर ती असईले पर्स मागे । युवकले पर्स पनि दिए ।वडा प्रहरी कार्यालय बगरका प्रमुख प्रहरी निरीक्षक किशोर लम्साल र प्रहरी नायव निरीक्षक नेत्र केसीसँग आफूमाथि भएको दुव्र्यवहारबारे युवकलेयसरी घटनाक्रमको बेलिविस्तार लगाए ।
दुव्र्यवहारमा उत्रने प्रहरी थिए सराङकोट प्रहरी चौकीको कमाण्ड नै सम्हालेका असई रामु भण्डारी र साथमा जवान खगेन्द्र खड्का ।प्रहरीबाटै दुव्र्यवहार भएको सूचना प्रहरीसामु पुगेपछि शनिबार बिहानै क्षेत्राधिकार रहेको वडा प्रहरी कार्यालय बगरले भण्डारीलाई तानिसकेकोथियो । युवकले माथिको फेहरिस्त प्रस्तुत गरिरहँदा सामुन्ने रहेका भण्डारीले कुरा काट्न सकेनन् । तर, सार्वजनिक स्थलमा अपाच्य हाउभाउका कारण गुनासोको आधारमा सोधपुछ गरेको उनले प्रष्टिकरण दिए ।भवितव्य घटना नहोस् भन्ने हेतुले नम्बर माग्नुको कारण खोले । पर्ससमेत नियन्त्रणमा लिएको उनले स्वीकारे । यहाँसम्म विवाद भएन । प्रहरीको अगाडि १८ वर्षीय ती युवकको हात डरले कामिरहेका थिए । एक महिनाअघि मात्रै बाह्य जिल्लाबाट कामका लागि पोखरा आएका ती युवक प्रहरीको व्यवहारबाट त्रसित रहेछन् । युवती पनि पोखरा बाहिरकै हुन् ।
उनलाई घटनाबारे नबंग्याई ढुक्कले भन्न सई नेत्र केसीले ढाढस दिए । उनले फेरि बेली, विस्तार लगाए । ‘मसँग पर्समा आठ सय ५० रुपैंयामात्र थियो ’ उनले भने ‘ यत्ति हो पैसा, ३–४ हजार बोक्नु पर्दैन । ’‘सर यतिमात्रै छ । हजुरलाई चाहिन्छ भनेराख्नुस् । ’ ‘यतिले के हुन्छ र ? ’कुराकानी लम्बियो । प्रहरीले यति भनेपछि युवकले अहिले छाडिदिन र पछि दिने वाचा गरे । युवती पनि रोइन । युवकले थपे ‘मैले दाइसँग कुरा गर्न खोजेँ हामी दुवै जनाको मोबाइल लिइदिनुभयो । ’ असइ भण्डारीले कुरा काटे । आफूले पैसा नलिएको जिकिर गरे ।
बिहीबारको घटनाकै विषयलाई लिएर शुक्रबार दिउँसो ४ बजेर १२ मिनेटसम्म नै कुराकानी भएको युवक र युवकका भाइकोमोबाइल कल रेकर्डमा देखियो । पहिलो फोन असई भण्डारीले नै गरेको, बुबालाई कल गरिदिने धम्कीसमेत असई भण्डारीले दिएको कल रेकर्डमा सुरक्षित छ ।युवक पनि युवतीको अन्तै बिहे हुने कुराले घटनाबाहिर ल्याउन नचाहेको, युवकको भाइले आफू पनि कुनै संस्थासँग आवद्ध व्यक्ति भएकाले कुरो टुंगाउन भनेका थिए । युवकले पैसा दिएको सविस्तार वर्णन गरिरहँदा असई भण्डारीले पटक्कै स्वीकारेनन् । बिहीबारको घटनालाई लिएर गलत आशयका साथपुनः सम्पर्क गरिरहेको कल रेकर्ड र भ्वाइसबाट ठहर भयो ।
युवकले त्यसपछि आफू दुव्र्यवहारमा परेको भन्दै आवश्यक कारवाहीका लागि निवेदन दिए ।प्रहरीमाथि विभागीय कारबाहीको लागि प्रक्रिया अघि बढाइएको छ । यस सम्बन्धमा प्रमुख लम्सालले राष्ट्र र नागरिकको सेवा गर्ने जिम्मेवारी बोकेका प्रहरीले उल्टै दुःख दिनु, आर्थिक प्रलोभनमा पर्नु, पैसा लिनु, मानसिक तनाव दिनु अत्यन्त दुःखद् भएकोप्रतिक्रिया दिए ।
प्रहरी सहायक निरीक्षकबाटै संगठनकै बदनाम हुने किसिमको हर्कत भएकोमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले आक्रोश पोखे । ‘मैले थाहा पाएँ, हुनै नहुने घटना हो । व्यक्ति खराब हुन सक्छन्, संगठन बदनाम हुनुहुन्न । यसलाई गम्भीर रुपमा लिएकोछु । विभागीय कारबाही हुन्छ ’ उनले भने। पैसा लिए÷नलिएकोबारे दिने र लिनेबीच विवाद भए पनि शुक्रबार पटक–पटक भएको कुराकानी र शनिबार बिहानपैसा मैले कैले लिएँ भनेर सम्पर्क गर्नुले असई भण्डारीको नियत ठीक नभएकोनिष्कर्षमा प्रहरी पुगेको छ ।
यस विषयमा थप अनुसन्धान हुने तर कमजोरी देखिसकिएकाले संगठनको नीति अनुसार नै कारबाही अघि बढ्ने प्रहरीलेजनाएको छ । प्रहरी स्रोतका अनुसार भण्डारी प्रहरी सहायक निरीक्षकका रुपमा पास आउट भएर फिल्डमा खटिएको ६ महिनामात्र भयो । वडा कार्यालय बगरमा रहेका उनी डेढ महिनाअघि मात्रै सराङकोट कमाण्ड सम्हाल्ने गरी पोष्ट भएका थिए ।‘सराङकोट पर्यटकीय क्षेत्र भएकाले पाको भन्दा अंग्रेजी बोल्न सक्ने युवालाई नै अवसर दिइएको थियो । केही सयमा यसरी अल्झन्छन् भन्ने लागेको थिएन’ प्रहरी स्रोतले भन्यो ।
सार्वजनिक स्थलमा अपाच्य गतिविधि कानुन वर्जित छ । प्रहरीले यस्तो क्रियाकलापबाट अरुलाई असर पुगेको खण्डमा सार्वजनिक मुद्दा चलाउन सक्छ ।यस घटनामा भने त्यस्तो भएको देखिएन । असई भण्डारीले मोबाइलमा आफूले प्रमाण छ भने पनि युवकले आफूहरूबीच चुम्बनसमेत नभएको तर संगै बसेको बताउँदा उनले प्रमाण पेश गर्न सकेनन् । पटक–पटक कल गरेको सन्दर्भमा असई भण्डारीले आफूले उनीहरूको अवस्थाबारेबुझेको बताए । ब्लुबुक, लाइसेन्स दिएर छाडिसकेको अपरिचित व्यक्तिलाई पुनः सम्पर्क गररे सो विषयमा कुरा गर्नु र उनको भनाइमा तारतम्य मिलेन ।नेपालको प्रचलित कानुनमा असहमति भए महिला हिंसा, सहमति भए अश्लील व्यवहारका रुपमा लिएको छ । दुबै पक्षको सहमतिमा सार्वजनिक स्थलमा अभद्र एवं अस्वाभाविक क्रियाकलाप देखाइयो भने त्यो अश्लील हर्कत हुन जान्छ । सार्वजनिक स्थलमा गरिने अस्वाभाविक क्रियाकलापलाई पनि आपराधिक कार्यअन्तर्गत राखिएको छ । पारित भइनसकेको फौजदारी कसुरसम्बन्धीप्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक– २०७१ को दफा १२५ मा ‘कसैले सार्वजनिक स्थानमा वा अरु मानिसले देख्ने गरी अन्य कुनै स्थानमाकसैसँग यौन क्रिया गर्न वा कुनै किसिमको अप्राकृतिक मैथुन गर्न हुंदैन’ भनी लेखिएको छ ।आजको आदर्शसमाज दैनिकमा रञ्जन अधिकारीले खबर लेखेका छन् ।