पोखरा,२३ मंसिर । पूर्वप्रधानमन्त्री तथा युवा शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईमाथि दुर्व्यवहार भएको छ ।
कास्कीको पोखरामा बिहीबार बिहान आफ्नो पार्टी निकट नयाँ शक्ति विद्यार्थी युनियनले गरेको कार्यक्रममा सहभागी भएका डा. भट्टराईमाथि जुत्ता प्रहार भएको छ ।
पोखराकोपृथ्वीनारायण क्याम्पसमा युनियनले नवआगन्तुक विद्यार्थीको स्वागतमा कार्यक्रममा भट्टराईविरुद्ध कालो झण्डा देखाउँदै कैलाली नारायणपुरका २९ वर्षीय सञ्जीव भट्टराईले जुत्ता प्रहार गरेका हुन् ।
जुत्ता प्रहार गर्ने सञ्जीव पृथ्वीनारायण क्याम्पसमा अर्थशास्त्र विषयका एम.ए.का विद्यार्थी हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।