चिनियाँ हाइ प्रोफाइल नेता अर्को साता काठमाडौँ आउँदै।

जनसरोकार

२७ मंसिर। चिनियाँ हाइ प्रोफाइल नेताको अर्को साता हुन लागेको भ्रमणको पूर्व तयारीका लागि चिनियाँ प्रतिनिधि र गृहका उच्च पदाधिकारीको यसै साता गृह मन्त्रालयको सुरक्षा समिति बैठकमा छलफल भयो। परराष्ट्र मन्त्रालयले गोप्य राख्न् खोजे पनि स्रोतका अनुसार चीनको सत्तारुढ चिनियाँ कम्युनिस्ट पार्टीका हाइ र्याङ्किङ नेता अर्को साता नेपाल आउँदैछन्। ‘आइटिनरी लगभग फिक्स भइसकेको छ,‘स्रोत भन्छ,‘पुस ३ गते काठमाडौँमा अवतरण हुनेछन् र उनले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगाएत अन्य बरिष्ठ नेतासँग भेट गर्नेछन्।
नेपाल आउन लागेका व्यक्ति लियु चिबाव हुन्। उनी चिनियाँ कम्युनिस्ट पार्टीको प्रोपोगान्डा (प्रचार) विभागका प्रमुख हुन्। चीनको नेतृत्वमा उदाउँदो ताराका रुपमा लिइन्छ उनलाई। चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटिकल ब्यूरोको स्थायी समितिमा राष्ट्रपति सि जिनपिङ सअित सात जना सदस्य छन्। २५सदस्यीय पोलिटिकल ब्यूरोका उक्त सदस्यमा लियु पनि छन्। यो हिसाबले चिनियाँ नेतृत्वका टप २५ नेतामध्ये उनी पर्छन।
चिनियाँ राष्ट्रपति सी जिनपिङ गोवाको ब्रिक्स सम्मेलनपछि नेपाल पनि आउने तयारी चले पनि पछि भ्रमण भने भएन। त्यसैले लियु चिबावको हुनलागेको भ्रमणलाई चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको पूर्व तयारिको रुपमा पनि हेरिएको छ।

Post Comment