३,पुष । काठमाडौंबाट खोटाङको हलेसी जाँदै गरेको बा१२च ८८९७ नम्बरको स्कार्पियो जिप आइतबार दिउँसो सिन्धुलीको मध्यपहाडी राजमार्गअन्तर्गत् रत्नाबती–३ घाटपाखाबाट सुनकोसी नदीमा खस्दा ६ जनायात्रीको मृत्यु भएको छ ।
मृतकको सनाखत हुन सकेको छैन । एकजनालाई भने नदीले बगाएको छ । जिप पूर्णरुपमासुनकोसीमा डुबेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अरु दुईजना गम्भीर घाइते भएका छन् । उनीहरुको उदयपुरको घुर्मीमा उपचार भइरहेको छ । जिपमा चालकसहित ९ जना सवार थिए ।घटनास्थलमा प्रहरी र स्थानीयको सहयोगमा बेपत्ताको खोजी भइरहेको छ । अप्ठ्यारो सडकमा तीव्रगतिका कारण दुर्घटनाभएको हुनसक्ने प्रहरीले जनाएको छ ।
जिप सडकबाट करिब ४० फिट तल खसेको बताइएको छ ।घटनास्थल सदरमुकाम सिन्धुलीमाडीबाट ८५ किलोमिटर र खुर्कोटबाट ५५ किलोमिटर दुरीमा रहेको छ ।