११,पुस । आफ्नै समर्थन र अगुवाईमा बनेको केपी ओली नेतृत्वको सरकार बिस्थापित गरेर गत साउनमा आफ्नो नेतृत्वमाकाँग्रेस समर्थनको मिलिजुुली सरकार गठन गर्दै गर्दा प्रचण्डले जोडतोडका साथ वाचा गरेका थिए की, उनले औपचारिक कार्यक्रममा समय कम दिने छन । उदघाट्न वा रिवन काट्ने काम प्रधानमन्त्रीका प्राथमिकता हुने छैन ।
सत्ता नायक हुुनुुको फाईदा उठाउदै महंगो हेलिकप्टर सयरमा उनले देश दौडाहा गरिरहेका छन, केवल औपचारिक कार्यक्रममा । जसको कुनै तुक छैन ।करीब ५ महिना अघिका प्रचण्ड वाचाका विपरित आजकाल प्रचण्डका दैनिकीबित्छन, कम्तिमा आधा दर्जन औपचारिक कार्यक्रममा ।
सत्ता नायक हुुनुुको फाईदा उठाउदै महंगो हेलिकप्टरसयरमा उनले देश दौडाहा गरिरहेका छन, केवल औपचारिक कार्यक्रममा । जसको कुनै तुक छैन । अनिप्रचण्डकै पूर्व वाचा र प्रतिवद्धताहरुलाई मात्रै गिज्याईरहेका छन।थप तीन प्रतिवद्धता थिए,प्रचण्ड सत्तारोहणका । मधेश आन्दोलनको संवोधन र समाधान, भारत लगायतका विदेशीसंगको संवन्धमा सुधार र सन्तुलन अनि शान्ति प्रक्रियाका बाँकी कामको मैझारो सहित संविधान कार्यान्वयनका लागि तोकिएका निर्वाचनहरुको ग्यारेन्टी ।
काँग्रेस माओवादी गठबन्धनले यी तीन काम गर्ने कसम खाएर सत्ता हात लिएको ५ महिनाको उत्तरार्धमा सतहमा देखिएका यथार्थ हुन की चुनाव हुने कुरा भाषणमा सीमित छ, सुनिश्चित नै भएको छैन ।मधेश आन्दोलनमा अल्पविराम मात्रै लागेको छ, संवोधन र समाधान असरल्लै छ ।
भारतसंगको सम्बन्ध थप बिग्रेको छैन, तर देशहितमा कति फलदायी भयो भन्ने कुरा इतिहासमा समीक्षित हुन बाँकी नै छ । उत्तरी छिमेक चीनसंगको सम्बन्धसन्तुलनमा त कुनै प्रगति छैन, बरु असन्तुलनका थप आशंकाहरुबाक्लिएका छन ।तैपनि सरकारी खर्चमा किन औपचारिक कार्यक्रममा रमाईरहेका छन त प्रधानमन्त्री प्रचण्ड ? किन की जसरी निभ्ने बेलाको बत्ति निकै तेजिलो उर्जायुक्तभएर चहकिलो रुपमा बल्छ, प्रचण्ड त्यसैगरी तेजिलो देखिने कोशीसमा देश दौडाहामा मस्त र व्यस्त छन त ? यसका केहीमहत्वपूर्ण आधार र कारण छन ।
प्रचण्डले दोस्रो पटकको सिंहदवार यात्रा ९ महिने म्यादी प्रधानमन्त्रीका रुपमा तय गरेको तथ्य काँग्रेस माओवादी सत्ता यात्राकोसाईनो जोडिदै ताका सार्वजनिक भएको हो ।