हिन्दु धर्म रक्षक राजा रमाए क्रीस्चियन पर्बमा !

जनसरोकार

११, पुस । नेपालमा हिन्दू धर्मसँग जोडिन्छ राजतन्त्र र, धर्मको रक्षकका रुपमा राजालाई लिइन्छ । तर, तिनै हिन्दू धर्मका रक्षक भनेका चिनिएका पूर्वराजा ज्ञानेन्द्र शाह भने ईशाइ धर्मावलम्वीको ‘क्रिसमस डे’ मा पार्टीमा रमाइरहेको देखिएका छन् ।
raja
क्रिसमस इभको अवसरमा लाजिम्पाटको त्रिसरा रेस्टुरेन्टमा आयोजित पार्टीमा पूर्वराजा ज्ञानेन्द्र शाह र छोरा पारस शाहसँगै देखिएका हुन् ।जनताले हिन्दू धर्मका संरक्षक भनेर विश्वास गरिरहेका बेला ज्ञानेन्द्रका पार्टीमा मस्त देखिएको तस्बिर सामाजिक सञ्जालमा बाहिरिएपछि आलोचना सुरु भएको छ । र, तस्वीर भाइरल भइरहेको छ ।
paras
टाइ सुटको फर्मल ड्रेसमा ज्ञानेन्द्र र पारसले फ्यानहरुसित फोटोसमेत खिचाएका थिए । त्रिसरामा क्रिसमस इभका अवसरमा द ह्वाइट अफेयर पार्टीका नाममा नाचगान भएको थियो ।

Post Comment