मिल्दैछन् प्रचण्ड र बाबुराम ,एक हुने सम्भावना !

जनसरोकार

११,पुष । सोमबार १४ महिनापछि एउटै मञ्चमा देखिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईले एक अर्कालाई बुझ्ने प्रयास गरे । मञ्चमा पुग्ने वित्तिकै ताली बजेपछि दुवै जानले मुस्कुराउँदै हात मिलाए । लामो समय भलाकुसारी पनि गरे । राजधानीस्थित नेपाल पुलिस क्लबको सभाहलमा दुवैले स्वर्गीय भक्तिप्रसाद पाण्डेको पुस्तक ’चाचा’ एउटै मञ्चबाट सार्वजनिक गरे । सम्वोधनका क्रममा पनि दुवैले एक अर्कासँगको प्रसंसा गरे विगतको सम्बन्धको समिक्षा गरे । मञ्चमा बस्दा भएको भलाकुसारी समेत सुनाएर एक भएर फेरि जान सकिनेमा दुवै सहमत देखिए ।

भट्टराईले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रति कुनै रिसिवी नरहेको बताए । विचारको भिन्नता छ ती भिन्नतता नजिक भए आफु पनि स्वतः नजिक हुन सक्ने उनले बताए । उनले पुरानो उपलब्धि गुम्ने खतरा रहेकाले उपलब्ध जोगाउन मिल्न सकिने र फरक ढंगले आट गर्नुपर्ने पनि बताए । आफू र प्रचण्ड ज्युँदो रहँदारहँदै पनि जनयुद्ध विदेशी भूमिबाट सञ्चालित भएको स्थापित गर्ने प्रयास भइरहेको प्रति विरोध जनाए ।

माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले राजनीतिक घटनाक्रम र परिस्थितिले भट्टराई र आफुलाई फेरि एक ठाउँमा आउन बाध्य बनाउने बताए । प्रचण्डले माओवादी फुटेकै कारण अहिले भइरहेको उपलब्धि उल्ट्याउने कोसिस भइरहेको दावी गरे ।

इतिहासले २५ बर्ष जनयुद्ध सञ्चालन, शान्ति प्रक्रिया र संविधान निर्माणमा एक ठाउँमा उभिएका प्रचण्ड र बाबुरामलाई विचलनको रुपमा पुष्टि गर्न नसक्ने पनि उनले जिकिर गरे । पहिलाको जस्तो छलफल र समिक्षा हुने थालेकाले एक हुने सम्भावना पनि नजिक रहेको प्रचण्डले बताए ।

Post Comment