२०,पुस । संविधान संशोधन प्रस्ताव परिमार्जनको माग गरिरहेको संघीय गठबन्धनले ६ वटा निर्णय गरेको छ ।
तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठकले संविधान संशोधन प्रस्ताव परिमार्जन, संविधानको धारा २७४ खारेज गर्न मागसहित ६ वटा निर्णय गरेको गठबन्धनकासंयोजक उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए ।उनका अनुसार गठबन्धनले आज एउटा नयाँ निर्णय पनि गरेको छ ।
जसमा संविधानको धारा २७४खारेज रहेको छ । संविधानको धारा २७४ ले प्रदेश संख्या हेरफेर गर्न रोक लगाएको छ । जुन मधेसवादी दलले मागेको सीमाकंनको बाधक बनेको छ ।यो निर्णयले सरकारलाई झट्कालाग्ने देखिएको छ । जून पूरा गर्न पनि गाह्रो छ ।यस्ता छन् संघीय गठबन्धनका ६ निर्णयः
१) संशोधन रोक्न नहुने सर्वोच्चको आदेश सकारात्मक ।
२) परिमार्जन नभए संशोधन विधेयक मान्य नहुने ।
३) मुआब्जा दिएर मात्रै सडक बिस्तार गर्नु पर्ने ।
४) प्रदेश संख्या हेरफेर गर्न बन्धेज गरेको धारा २७४ खारेज गर।
५) संसद् अवरोध गर्नु एमालेको कदम अलोकतान्त्रिक ।
६) संविधान संशोधन पछि मात्रै चुनाव, नभए चुनाव अमान्य ।