२२,पुस । संविधान संशोधनलाई राष्ट्रघाती भनेर सडक र सदनमा आन्दोलन गरिरहेका एमालेसहितका दलहरूले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछन् ।
राजधानीका विभिन्न चार दर्जन स्थानबाट निस्कने विरोध र्यालीहरू एक ठाउँमा जम्मा भएर संयुक्त रुपमा प्रदर्शन गर्ने जनाइएको छ । प्रदर्शनलाई व्यवस्थित बनाउन एमालेले ५ सय स्वयं सेवक परिचालन गर्दैछ ।
विरोध सभालाई एमाले अध्यक्ष केपी ओलीसहित अन्य दलका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।
प्रदर्शनलाई ध्यानमा राखेर सुरक्षा निकायले पनि आफ्नो तर्फबाट विशेष व्यवस्था गरेको एमालेले जनाएको छ ।
एमालेको आजको विरोध प्रदर्शनलाई ध्यानमा राखेर महानगरीय ट्राफिक प्रहरी रामशाहपथले बैकल्पिक रुटको प्रयोग गर्न आग्रह गरेको छ ।
ट्राफिक प्रहरीले रत्नपार्क केन्द्रित विरोध सभा हुने भएपछि सो क्षेत्रको यातायात व्यवस्था दिनभिर प्रभावित हुने जनाएको छ ।