कालिकोट जिल्लाको मुम्रा गाबिस मा न्यानो राहत तथा शैशिक सामाग्री बितरण (फोटो फिचर)

जनसरोकार


२९ पौष । कालिकोट जिल्लाको मुम्रा गाबिस- ५ को मुम्राकोटमा अवस्थित पेरिसरमा न्यानो राहत तथा स्कुल सामाग्री बितरण गरियो ।

रेन्बो चिल्ड्रेन होम नेपालको नेत्रित्वमा उक्ता राहह बितरण गरियको थियो । लगभग १५० जना ब्यक्तीहरुलाई राहत बितरण गरियो ।

अहसाय, अपाङ्ग, अती बित्पन्न, बच्चाहरु, जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई राहत बितरणमा बिशेष प्रथामिकता दिएियको थियो ।

कम्मल, ज्याकेट, गलबन्दी, पछेउरा (सल), मोजा, उनिका टोपी तथा अन्य लगाउने कपडाहरु बितरण गरियो ।

साथै डाफे माध्यामिक बिद्यालय मुम्राकोटका प्राचार्यलाई शैशिक सामाग्री, कापी, पेन्सिल, कलम तथा भलीबल, भलीबल नेट, फुटबल, ब्याटमेन्टिन लागाएर बिभिन्न खेलकुदका सामाग्री हस्तान्तरण गरियो ।


उक्त कार्यक्रममा बोल्दै रेन्बो चिल्ड्रेन होम नेपालकी निर्देशक गोमा ढकालले २ दिन गाडीमा र १ दिन पुरै हिंडेर यती दुर्गम स्थानमा आएर सहयोग गर्न पाउदा खुशी लागेको कुरा बताइन ।


स्थानिय समाज सेवी महेश केसीले पोखरा देखी यती टाढा आएर राहत बितरण गरिदियकोमा रेन्बो टिम तथा सहयोगी सबैलाई कालिकोट मुम्रा बासीको तर्फबाट हार्दिक धन्यवाद दिय ।


यस न्यानो राहत कार्यक्रममा राहत सामाग्री तथा अन्य सहयोग गर्नु हुने डा. कृष्ण चन्द्र रिजाल, निता बराल, कमल भुजेल, राजेन्द्र अधिकारी अपूर्ण, मनिपाल रोटर्याक्ट, छबी पौडेल राजु, उशा खड्का, महेश श्रेष्ठ तथा यस कार्यक्रममा मुख्य आयोजक सस्था रेन्बो चिल्ड्रेन होम नेपाल र निर्देशक गोमा ढकाललाई कार्यक्रम समयोजकको तर्फबाट खिम लामिछाने काजीले सबै सहयोगी मनहरुलाई हार्दिक धन्याबाद दिय ।

Post Comment