लाइन्स क्लब अफ पोखरा फेवा फुलबारी द्वारा लाइन क्लब द्वारा रक्तदान कार्यक्रम (फोटो फिचर)

जनसरोकार

९ गते- पोखरा । लाइन्स क्लब अफ पोखरा फेवा फुलबारीको आयोजनामा मनिपाल शिक्षण अस्पातलको पेरिसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो ।

जस्मा ४७ पिन्ट रगत सकलन गरियो । उक्त कार्यक्रमका प्रमुख अतिथी मनिपल कलेज अफ मेडिकल साइन्सेजका डिन डा. बि यम नागपालले क्लबका अध्यक्ष लायन शंकर बहादुर जि लाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रम शुरु गरियो ।

उक्त कार्यक्रमका बिशेश अतिथी डिस्ट्रिक चेयेरपर्सन आइटी साइट फस्ट पि एम जे एफ राम बस्यालले रक्तदान नै महादान र जीवन दान हो भन्ने कुरा सबैले सम्झीरहनु पर्छ भन्ने धारणा राख्नु भयो ।

उक्त कार्यक्रममा मनिपाल अस्पातलका निर्देशक डा. पि के चक्रबर्ती, मानब सधान बिभागका प्रमुख भानु भारद्वाज, एम जे एफ लायन कृष्ण आचार्य लगाएत मनिपल शिक्षण अस्पातलका कर्मचारी र लाइन्स क्लब अफ पोखरा फेवा फुलबारीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।


मनिपल कलेज अफ मेडिकल साइन्सेजका विद्यार्थीहरु, कर्मचारीहरु, क्लबका सदस्यहरु तथा अन्य ब्यक्तीहरुले रक्तदान गरेका थिय भने प्राबिधिक सहयोग नेपाल रेडक्रस्स सोसाइटी, कास्कीले गरेको थियो ।


क्लबका अध्यक्ष लायन शंकर बहादुर जिको सभापतित्वमा भएको उक्त कार्यक्रमको सम्योजक क्लबका सदस्य लाएन रमेश बोहराले गर्नु भएको थियो ।

Post Comment