२९ माघ, पोखरा । र्याण्डम रिडर्स सोसाइटी अफ नेपालमा कवियत्री, निबन्धकार एबम उपन्यासकार शारदा शर्माको नया कृति “कम्प” माथि बहस तथा छलफल गरियो ।
उक्त कृति माथि कवियत्री कल्पना चिलुवालले कार्यपत्र प्रस्तुत गर्न क्रममा कम्पले नेपाली गरुड पुराण माथि अनेकौ प्रश्नहरु उब्जाएको बताइन ।
उपन्यास पढ्नु अगाडी गरुड पुराण पढ्नु पर्ने तर्क कबि चिलवालले राखिन ।
पुस्तक प्रति परिचर्चा गर्ने क्रममा राजेन्द्र पौडेल, शेखर पराजुली, ध्रुब के सी, गीता लामिछाने, सर्मिला न्यौपाने, विवश थापा, गीता तिवारी, सरस्वती गुरुङ, बासुदेव मिश्र, मदन भण्डारी, टिकाराम सुबेडी, सरस्वती प्रतिक्षा आदिले आफ्ना जिज्ञाषाहरु राखेका थिय ।
जिज्ञासाहरुको उत्तर दिने क्रममा लेखिका शर्माले हरेक बिदाका आफ्नै सामर्थ्य हुन्छन ।
काब्यमा भन्न नसकेको कुरा कबितामा, कबितामा उजागर गर्न नसकेको कुरा निबन्धमा र निबन्धमा भन्न नसकेको कुरा समालोचनामा लेख्ने गरेको कुरा खुलाशा गरिन ।
मान्छे बुढ्यौली हुदै गए पछी आध्यात्मिक तर्फ उन्मुख हुन्छ भन्ने जिज्ञासाको उत्तर दिदै अपूर्णताको बोध नै आध्यात्मिकता हो भन्ने तर्क शर्माले राखिन ।
आफु नारी भएको हुँदा नारीको समस्याहरु र पिडाहरु थाहा हुने र नेपाली समाजमा नारीको भूमिका पुरुषको भन्दा तल पारिएको हुँदा नारीबादी लेख रचनाहरु लेख्न मन लाग्छ । नारीबाद भनेको मान्छे बाद नै हो र म मान्छे बादको बारेमा लेखिरहेको छु भन्ने कुरा लेखिकाले बताइन । नारी पछि परेको हुदा उनीहरुलाइ अगाडी ल्याउनु पर्ने मान्यता रहेको सुनाइन ।
र्याण्डम रिडर्स सोसाइटी अफ नेपालका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा उक्ता कार्यक्रम भएको थियो । कार्यक्रममा अध्यक्षाताको मन्तब्य दिने क्रममा पौडेलले लेखिका शर्माको कृतिहरु प्राय सबैमा आध्यात्मिकता पाइने कुरा बताए ।
सोसाइटीका पुस्तक छनौट समितिका संयोजक सरस्वती प्रतिक्षाले आउदो महिनाको अन्तिम शनिबार पत्रकार किशोर नेपालको कृति “राक्षसको गीत” माथी अभि सुबेदीको कार्यपत्र प्रस्तुत हुने कुराको जानकारी दिइन ।
सांग्रिला प्रकाशनका मणि शर्माले पोखरामा साहित्यिक बहस हुने गरेको सुनिन्थ्यो र बहसमा प्रत्येक्ष सहभागी हुनु पाउदा खुशी लागेको बताउनुको साथै पोखरेली पाठकहरुलाइ धन्यबाद दिए ।