काठमाडौंको न्युरोडमा रहेको सुनको गरहगना बनाउने कारखानाबाट गरहगनासहित नगद चोरी गर्नेमा प्रहरी हवल्दारसहित २ जना जवान संलग्ना रहेको पुष्टी भएको छ । आईतबार प्रहरीको अपराध महाशाखाले उनीहरुलाई सार्वजनिक पनि ग¥यो । जहाँ प्रहरीका जवान अजय गुरुङसहित ६ जना थिए ।
लुटपाटमा संलग्न सोह्रखुट्टे प्रहरीका जवान अजय गुरुङ, हवल्दार बलहादुर थापा मगर, अर्का जवान नवीन ढकाललगायतका ६ जनाले सुन लुटेको खुल्न आएको छ । तर हवल्दार बलबहादुर थापामगर र जवान नविन ढकाल फरार छन् । फरारहरुको खोजी र थप अनसनधान भईरहेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यले जानकारी दिएका छन् ।
न्युरोड मरुहिटीस्थित प्रेम रत्न शाक्यको घरमा सुन पसल संचालन गर्दै आएका भारतीय नागरिक शिवप्रसाद माइटीको पसलबाट उनीहरुले ३० लाख बरावरको ६४ तोला सुन र नगद १३ हजार लुटेका थिए । प्रहरीका अनुसार भारतीय व्यापारी माइटी प्रमुख रहेको सुनका गहना बनाउने कारखानामा अवैध सुन आउने गरेको सूचनाका आधारमा आपराधिक समूह र महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका प्रहरी मिलेर दुई साताअगाडि कारखानामा छापा मार्ने र सुन लिएर पचाउने योजना बनाएका थिए । सोही योजनाअनुसार तीन प्रहरी र सुभाष खरेल, राजकुमार तामाङ, सुन्दर तामाङ, क्षितिज तामाङ, लाप्साङ लामा र हर्कबहादुर तामाङ मिलेर शुक्रबार साँझ ७ बजे प्रहरी बनेर मरुहिटीमा रहेको कारखानामा गए र ६४ तोलाको सुनका गहना लिएर हिँडे ।
तस्करीको सुन लुटिँदा साहु मौन बस्ने उनीहरूको निष्कर्ष थियो तर त्यो सफल हुन सकेन । सञ्चालक माइटीले घटनाबारे तत्काल प्रहरीको अपराध महाशाखामा खबर गरे । घटनाको २४ घन्टाभित्र सोह्रखुट्टेका प्रहरी जवान अजय गुरुङ सहित अन्य पक्राउ परे । उनीहरुको साथबाट पक्राउ पर्दा लुटिएको ६४ मध्ये ५९ तोला सुनसमेत फेला परेको छ ।
सुन बनाउने मिस्त्री मोलाई विश्वाससहित ६ जना मरुहिटीमा रहेको सुनको गहना बनाउने कारखानामा टेबलमा सुन राखेर काम गर्दै थिए । शुक्रबार साँझ ७ बजेतिर एक्कासी अपरिचित ६ जनाको समूह कारखानाभित्र पस्यो । हातमा पेस्तोल र हतकडी सहित पुगेका उनीहरुले कोही नउठ्नु हामी प्रहरी हौं भन्दै पेस्तोल देखाएपछि विश्वाससहित सबै कामदार चुपचाप बसे । समूहमध्येका अर्का एक व्यक्तिले टेबलमा भएका सबै गहना जम्मा पारेर गोजीमा राख्न थालेपछि विश्वाससँगै काम गर्ने अर्का कामदार उठेर प्रतिक्रिया जनाए तर तत्काल उनलाई थप्पड हानियो ।
टेबलमा रहेका सुन ब्यागमा राखेसँगैे तीन जनासँग रहेको मोबाइल र उनीहरूसँग रहेको १२ हजार रुपैयाँ लिएपछि ढोकामा चुकुल लगाईदिएर उनीहरु तत्काल बाहिरिए । महानगरीय प्रहरी वृत्त जनसेवा र महानगरीय प्रहरी अपराध महाशाखामा एक साताअगाडि माइटीले सुन तस्करीको काम गर्ने सूचना आएको थियो । सूचनादाता थिए धादिङका हर्कबहादुर । महाशाखा र वृत्तका प्रहरी सूचनाको पुष्टि गर्ने गृहकार्यमै रहँदा शुक्रबार ८ बजे महरुहिटीको सुनको गहना बनाउने कारखानाबाट एक समूहले सुन लुटेको सूचना आएको थियो ।
र्कबहादुरले जहाँ तस्करीको सुन प्रयोग गरेर गहना बनाउने गरेको सूचना ल्याएका थिए त्यहीं डकैती भएपछि शंकामा उनै परे । प्रहरीले तामाङको खोजी गर्दा उनको मोबाइल बन्द थियो ।
प्रहरीले उनी निकटको खोजी गर्दा ठमेल क्षेत्रमा गाइडको काम थर्ने सुभाष, सवारीचालक राजकुमार, उडल्यान्ड क्लब दरबारमार्गमा काम गर्ने सुन्दर, क्षितिज र लाप्साङको नाम खुल्यो । सँगै प्रहरी हबल्दार बलबहादुर, जवान नवीन र अजय पनि सम्पर्कमा देखिए । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत हबल्दार बलबहादुरलाई अनुसन्धानमा खटिएको टोलीका एक प्रहरीले फोन गर्दा ड्युटीमा भएको जानकारी गराए तर उनी कार्यालयमा थिएनन् ।
सुन डकैतीमा शंकास्पद देखिएकाहरू सोह्रखुट्टेको मनाङेचोक नजिकैको चियापसलमा आउजाउ गर्ने खुलेपछि शनिबार प्रहरी टोली त्यहाँ खटिएको थियो । शनिबार दिउँसो साढे १२ बजेतिर प्रहरी जवान अजय चियापसलमा देखिए । १ बजेभित्र बाँकी सबै त्यहाँ आएपछि निगरानीमा बसेको प्रहरीले उनीहरूलाई पक्राउ गर्दा देवको साथबाट सुनको पोको फेला प¥यो । राजकुमार सीतापाइलामा पक्राउ परे । प्रहरीका अनुसार सुन बाँडफाँड गर्न उनीहरू जुन चियापसलमा भेला भएका थिए, दुई साताअगाडि लुट्ने योजना पनि त्यहीं बनेको थियो । हर्कले सुन बनाउने कारखाना पत्ता लगाएर सूचना ल्याएका थिए ।
उनले राजकुमारलाई सुन रिफाइन गर्ने पसलमा अवैध सुन कारोबार हुने गरेको सूचना दिए । राजकुमारले उलाप्साङ, क्षितिज र सुन्दरलाई भने । पर्यटक गाइड सुभाषसँग भेटेपछि डकैतीको योजना बनेको थियो ।
चैत २ गते एक व्यापारीको अपहरण गरी फिरौती लिएको अभियोगमा महाशाखमा कार्यरत संवत तामाङ र गौशाला वृत्तका सई सूर्यबहादुर थापा पक्राउ परे । उनीहरु अहिले हिरासतमा छन् ।
सईद्वयले म्यानपावर व्यवसायी बद्री राईलाई गत माघ १ गते अपहरण गरेर फिरौती असुल गरेको खुलेको छ । महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यका अनुसार घटना दुई महिना अघिको थियो । घटनाको अनुसन्धान गर्दै जाँदा महाशाखाकै प्रहरी पनि संलग्न रहेको खुलेपछि दुवैलाई पक्राउ गरिएको एसएसपी अमात्यले बताएका छन् । दुवै जना सईले काभ्रेका अर्जुनकुमार लामा र नवलपरासीका राजकुमार गुरुङसँग मिलेर अपहरण गरेका थिए । बद्री राईले सुन तस्करी गरि ल्याएर बेचेको सूचना पाएको थियो र यही सुचनालाई आधार मानेर प्रहरीका सई सवत तामाङले गलत फाइदा उठाउँन खोज्दा उनी प्रहरी हिरासतमा पुगेका हुन् ।
चार जनाको समूहले म्यानपावर व्यवसायी राईलाई माघ १ गते कोटेश्वरबाट अपहरण गरेर एयरपोर्टस्थित बाजेको सेकुवामा लगेर ६ घण्टा बन्धक बनाएर फिरौती मागेको भेटिएको छ । उनीहरुले राईसँग २५,२५ लाख दरका चारवटा चेक लिएर हिँडेका थिए ।
फिरौती बुझाएपछि राईले अपराध महाशाखामा उजुरी गरेका थिए । अनुसन्धानका क्रममा अपहरण र फिरौती असुली दुवैमा घटनामा सईद्वय थापा र तामाङको संलग्नता देखिएको प्रहरीले दिएको छ । घटना हुँदा सई सूर्य तामाङ गौशाला वृत्तमा कार्यरत थिए ।
पहरणकारीसँग मिल्ने प्रहरीले अपराधबाट उन्मुक्ति नपाउँने बताउँदै एसएसपी अमात्यले पक्राउ परेकाहरुलाई थुनामा राखिएको बताएका छन् ।
पुस २१ गते त्रिभुवन अन्तराष्ट्र्रिय विमानस्थलबाट बाहिरिँदै गरेको साढे ३३ केजी सुन सहित केही व्यक्ति पक्राउ परे । त्यसमा विमास्थलमा कार्यरत नेपाल प्रहरीका एसएसपी श्याम खत्री पनि मुछिए र उनको संग्लनता पुष्टी भएको भन्दै प्रहरीले उनलाई पक्राउ ग¥यो । उनी पक्राउ परेसँगै अन्य ३३ जनाको संग्लनता समेत पुष्टी भएपछि उनीहरुविरुद्ध प्रहरीले मुद्दा दायर गरेको छ । सुनको तस्करीमा संलग्न विमानस्थलमा नै कार्यरत खत्री अहिले अदालतमा धरौटी बुझाएर छुटेका छन् ।
केही दिनअघि मात्र धनुषामा चोरीको आरोपमा एक प्रहरी हवल्दार पक्राउ परेका छन् । जनकपुरको एयरपोटस्थित श्याम चोक नजिकै पैसा लुट्ने कार्यमा संलग्न रहेको आरोपमा हवल्दार धर्मेन्द्र पासवान पनि प्रहरीको नजरबाट उम्किन सकेनन् ।
प्रहरी भनेको शान्तिसुरक्षा कायम राख्न र अपराध नियन्त्रणका लागि तैनाथ रहने हो जसले समाजको सच्चा पहरेदारी गर्दै रक्षकको भुमिका निर्वाह गरेका हुन्छन् । तर पछिल्लो समय कर्तव्य निर्वाह गर्ने प्रहरी नै अपराधका श्रृङ्खलामा मुछिन थालेपछि नागरिकको सुरक्षा कसले गर्ने भन्नेमा प्रश्न उब्जिएको छ ।