भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नयाँदिल्लीबाट सिधै टेलिफोन गरी सबैलाई मिलाएर स्थानीय तहको निर्वाचन गर्न आग्रह गरेका छन् ।
मोदीले मंगलबार अपरान्ह चार बजे नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सम्पन्न गर्न भारत सरकारको सहयोग रहने प्रचण्डलाई बताएका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री ‘प्रचण्ड’लाई टेलिफोन गरी नेपाल सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचन सफलताको शुभकामना दिएको दाहालको निजी सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
टेलिफोनमा समकक्षी मोदीले सबै राजनीतिक शक्तिलाई मिलाएर निर्वाचनमा जानु प्रधानमन्त्री प्रचण्डको सफलता भएको बताउँदै निर्वाचन सम्पन्न गर्न भारत सरकारको पूर्ण सहयोग र सद्भाव रहने बताए ।
टेलिफोन बार्तामा प्रधानमन्त्री ‘प्रचण्ड’ले निर्वाचनमा सहयोग रहने भारतीय समकक्षी मोदीको भनाईका लागि धन्यवाद दिँदै नेपाल सरकारले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गरी संविधानको पूर्ण कार्यान्वयन गर्ने जानकारी दिए ।