राप्रपाका १० सासंदको कमल थापालाई धम्की , प्रचण्ड सरकारमा पहिरो गयो

राप्रपाका १० सासंदको कमल थापालाई धम्की , प्रचण्ड सरकारमा पहिरो गयो
जनसरोकार

सरकारमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका ५ सांसदले संविधान संशोधन विधेयक अघि बढ्न नदिएको खुलासा भएको छ ।

आज बस्ने व्यवस्थापिका संसदको बैठकबाट संविधान संशोधन विधेयक पारित गर्ने तयारी सरकार र सभामुखको थियो । तर, राप्रपाका सांसदहरुले पार्टी अध्यक्ष एवं उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापालाई आज संशोधन विधेयक अगाडि बढाइए संसदमा उपस्थित नहुने धम्की दिएपछि विधेयक रोकिएको स्रोतले बतायो ।

संशोधन विधेयक रोक्नेमा राप्रपाका सांसदहरु बबिता लावती, विराट विष्ट, रामकुमार सुब्बा, रेशम लामा र सीता ज्ञवाली रहेका छन् । उनीहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेको लाइनमा उभिएर संशोधन विधेयक उपयुक्त छैन्, राष्ट्रहितमा छैन् भनेर पार्टी अध्यक्ष थापालाई पक्षमा मत नहाल्ने चेतावनी दिएका थिए ।

पाँच सांसदको धम्कीका कारण उपप्रम थापाको आग्रहमा प्रधानमन्त्री पुष्पकमल दाहालले सभामुखसँग सल्लाह गरी आज विधेयक अगाडि बढाउने निर्णय स्थगित गरेको स्रोतको भनाई छ ।

संशोधन विधेयक अगाडि नबढाउने निर्णयपछि सभामुख ओनसरी घर्तीले कांग्रेसका पूर्व सांसद नथुनी सिंह दनुवारको निधनमा शोक प्रस्ताव पारित गर्दै वैशाख २१ गते सम्मका लागि संसद बैठक स्थगित गरेकी छन् ।

स्रोतका अनुसार यसअघि सरकारले आज जसरी पनि संविधान संशोधन विधेयक पारित गराउने तयारी गरेको थियो । त्यसका लागि सरकारमा केही दललाई उपप्रधानमन्त्री दिएर सहभागी गराउने अन्तिम तयारी पनि प्रधानमन्त्रीले गरेका थिए । प्रमुख प्रतिपक्षी एमालेको विरोधका बाबजुद संशोधनको पक्षमा लगभग बहुमत पुगिसकेको थियो । तर, अन्तिम समयमा सत्तारुढ दल राप्रपाकै सांसदबाट धोका भयो ।

Post Comment