नेपाली कांग्रेसले चुनावी प्रचारमा रहेका सबै सांसदलाई काठमाडौं बोलाएको छ । जिल्लामा खटिएका सांसदलाई काठमाडौं फर्कन निर्देशन दिएको छ । आइतबार संसद् बस्ने भन्दै कांग्रेसले काठमाडौं बाहिरका सांसदलाई काठमाडौं आउन निर्देशन दिएको हो । महाअभियोग प्रस्ताव र सर्वोच्च अदालतको आदेशमा रणनीति तय गर्न कांग्रेसले सांसदहरुलाई फिर्ता बोलाएको हो ।
कांग्रेसले आइतबारलाई संसदीय दलको बैठक राख्ने तयारी गरेको छ ।प्रधानन्यायाधीशविरुद्ध महाअभियोगबारे सर्वोच्च अदालतको आदेशपछि मध्यमार्गी बाटोबाट समाधान निकाल्ने पक्षमा कांग्रेस पुगेको छ । निर्वाचनको मुखमा टसल बढाउँदा थप अन्योलता बढ्ने भन्दै बीचको बाटोबाट समाधान निकाल्ने प्रयास भइरहेको नेताहरुले बताएका छन् ।