एमालेको भोट माग्दै महानायक राजेश हमाल घरदैलोमा

एमालेको भोट माग्दै महानायक राजेश हमाल घरदैलोमा
जनसरोकार

नेकपा (एमाले) काठमाडौँ महानगरपालिकाका उम्मेदवारहरुलाई राष्ट्रकवि माधव घिमिरे र नेपाली चलचित्रका नायक राजेश हमालले साथ दिएका छन् ।

महानगरको  वडा २६ का उम्मेदवार देवेन्द्र रिमालको घरदैलो कार्यक्रममा शनिबार बिहान नायक राजेश हमालको सहभागीता रहेको थियो ।  २६ नम्बर वडाको मतदाता समेत रहेका महानयक हमला आज बिहान एमालेका उम्मेदवार रिमालको घरदैलो कार्यक्रममा सँगसँगै हिडेका थिए । उनले घरदैलो कार्यक्रममा सबै टोलबासीसँग एमालेका लागि  हात हल्लाउँदै भोट मागेका थिए ।

त्यसैगरी, एमालेका उम्मेदवार रिमालले  महाकवि घिमिरेको घरमै पुगेर आशीर्वाद मागेका छन्  । घरदैलो कार्यक्रम अन्र्तगत घिमिरेको घर पुगेका रिमाललाई राष्ट्रकवि घिमिरेले राम्रो गर्नु , मेरो आशीर्वाद छ, मेरो भोट पक्का भन्दै उम्मेदवार रिमाललाई आशिर्वाद दिएका थिए ।

Post Comment