प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रकरण सेलाउन नपाउँदै सत्तारुढ नेकपा माओवादी केन्द्रभित्र राष्ट्रपतिलाई महाअभियोग लगाउनेबारे आवाज उठेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको माओवादी केन्द्रका प्रभावशाली नेता गोपाल किराँतीले सार्वजनिक रुपमै राष्ट्रपति बिद्यादेवी भण्डारीविरुद्ध महाअभियोग लगाउनुपर्ने प्रस्ताव अघि सारेका हुन् ।
राष्ट्रपतिमाथि गम्भीर आरोप लगाउँदै किराँतीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- ‘ज्ञानेन्द्र शाहसँग अनुचित साँठगाँठ गरेर राजतन्त्र फर्काउने षडयन्त्रमा लागिरहेको बिरुद्ध राष्ट्रपति बिद्यादेवी भण्डारीलाई महाअभियोग लगाउनै पर्ने भयो । होइन भने एमालेले के गर्न खोजेको ?’
काँग्रेस–माओवादी गठबन्धनले प्रधानन्यायधीश सुशीला कार्कीबिरुद्ध महाअभियोग प्रस्ताव संसदमा दर्ता गराएपछि अहिले बजारमा विरोधी/विपक्षीलाई महाअभियोग लगाएर हटाउनुपर्ने तर्क सुनिन्छ ।