स्थानीय तहको केन्द्रमा नै मतगणना गर्ने

स्थानीय तहको केन्द्रमा नै मतगणना गर्ने
जनसरोकार

निर्वाचन आयोगले पहिलो चरणको चुनावको मतगणना सम्बन्धित स्थानीय तहका केन्द्रमा नै गर्ने निर्णय गरेको छ ।

मतपेटिका ओसार पसार गर्दा सुरक्षा जटिलता आउनसक्ने भन्दै सदरमुकामसम्म नलैजाने र स्थानीय तहको केन्द्रमा नै मतगणना गर्ने आयोगले जनाएको छ । हरेक गाउँपालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय खुलेकाले सोही स्थानमा हरेक वडा र तहको मतगणना हुने निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिएका छन् ।

उनले भने ‘२८३ वटै स्थानीय तहमा एकसाथ मतगणना हुन्छ । त्यसको अधिकार निर्वाचन अधिृकतको कार्यालयलाई दिइएको छ । मतगणना सम्बन्धमा आयोगले थप निर्णय गर्नुपर्दैन ।’

मतगणना कहिलेबाट र कहाँ गर्ने भन्ने अधिकार निर्वाचन ऐनले नै निर्वाचन अधिकृतको कार्यालयलाई दिएको छ । निर्वाचन अधिकृतको कार्यालयले स्थानीय राजनीतिक दलसँगको समझदारीमा मतगणना हुन स्थान तथा समय टुंगो लगाउने र त्यसबारे सूचना टाँसेर जानकारी दिने बताए ।

स्थानीय निकायको पहिलो चरणको निर्वाचन आगामी वैशाख ३१ गते हुँदैछ ।

Post Comment