निर्वाचनको मुखमा मोर्चाको यस्तो आन्दोलन घोषणा

निर्वाचनको मुखमा मोर्चाको यस्तो आन्दोलन घोषणा
जनसरोकार

संघीय गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

मंगलबार राष्ट्रिय जनता पार्टी नेपालको कार्यालयमा बसेको गठबन्धनको बैठकले वैशाख २९ गते देशका विभिन्न ठाउँमा विरोधसभा गर्ने तथा जेठ १ गते देशका विभिन्न ठाउँमा मोटरसाइकल र्‍यालीको कार्यक्रम घोषणा गरेको हो ।

संविधान संशोधनबिना निर्वाचन गर्ने नहुने आफ्नो अडान राख्दै आएको गठबन्धनले संसद्मा दर्ता भएको विधेयक पारित नगराई जेठ ४ गते सम्मको लागि बैठक सारेको भन्दै विरोध स्वरुप आन्दोलनको कार्यक्रम घोषणा गरेको बताइएको छ ।

Post Comment