सबै मतदान केन्द्रमा आज निर्वाचन अधिकृत पुग्ने

सबै मतदान केन्द्रमा आज निर्वाचन अधिकृत पुग्ने
जनसरोकार

पहिलो चरणको स्थानीय तह निर्वाचन हुनै सबै मतदान केन्द्रमा आज निर्वाचन अधिकृत पुग्ने भएका छन् । धेरै केन्द्रमा निर्वाचन अधिकृत पुगिसकेका र बाँकी केन्द्रमा पनि आज बेलुकासम्म पुगिसक्ने निर्वाचन आयोगले जनाएको हो ।

 

निर्वाचन अधिकृतसँगै मतपत्र, मतपेटिका लगायतका सामग्री पनि पुगिसक्ने आयोगले जनाएको छ । बिहीबारदेखि मतदाता परिचयपत्र वितरण हुनेछ । बिहीबार, शुक्रबार र शनिबार सम्बन्धित मतदान केन्द्रबाट मतदाताले परिचयपत्र लिन सक्नेछन् ।

मतदान गर्न मतदाता परिचयपत्र अनिवार्य चाहिने भएकाले आफ्नो मतदान केन्द्रबाट परिचयपत्र लिन आयोगले सबैसँग आग्रह गरेको छ ।

आयोगले बिहीबारदेखि नै मतदान केन्द्रमै मतदाता शिक्षा कार्यक्रम पनि संचालन गर्ने भएको छ । ३ दिनसम्म ६ हजार ६ सय ४२ वटै मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता परिचालन गरी मतदातालाई मतदान गर्ने तरिका लगायत कुरा सिकाइने आयोगले जनाएको हो ।

सबै मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने क्रममा नै मतदातालाई स्वयंसेवकले मतदान गर्ने सही तरिका लगायतबारे सिकाउने आयोगको तयारी छ ।

Post Comment