स्थानीय निर्वाचन : मतदान शान्तिपूर्ण रुपमा सम्पन्न ,७१ प्रतिशत मत खस्यो

स्थानीय निर्वाचन : मतदान शान्तिपूर्ण रुपमा सम्पन्न ,७१ प्रतिशत मत खस्यो
जनसरोकार

स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

मतदानको अवधि साँझ ५ बजे समाप्त भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदानका लागि विहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको थियो ।

यसैबीच आज भएको स्थानीय तहको निर्वाचनमा ७१ प्रतिशत मत खसेको छ । ३४ जिल्लामा आज पहिलो चरणमा भएको निर्वाचनमा ७१ प्रतिशत मत खसेको निर्वाचन आयोगले बताएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधी प्रसाद यादवले ७१ प्रतिशत मतदाताले आफ्नो मताधिकर प्रयोग गरेका जानकारी दिए । साथै सबै ठाउँमा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको उनले बताए ।
केही ठाउमा सामान्य झडप र सामान्य अवरोध भए पनि अधिकाँस ठाउमा मतदान शान्तिपुर्ण रुपमा भएको छ ।

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाअन्तर्गतको एउटा मतदान केन्द्रमा मतदानको कार्यमा अवरोध भएको थियो भने दोलखा र दैलेखमा पार्टीहरुबीच झडप हुँदा प्रहरीले गोल्ी चलाउनु परेको छ । एक जनाको मृत्यु भएको छ । काठमाडौमा ७० प्रतिशतभन्दा बढी मत खसेको छ । रसुवा र स्याङ्जा र नवलपरासीमा ६५ प्रतिशत मत खसेको छ

Post Comment