स्थानीय तहको निर्वाचन: मतदानलगत्तै मतगणना ,कहा कहाँ भयो झडप ?

स्थानीय तहको निर्वाचन: मतदानलगत्तै मतगणना ,कहा कहाँ भयो  झडप  ?
जनसरोकार

स्थानीय तहको निर्वाचनमा मतदानलगत्तै मतगणना गर्न सकिने निर्वाचन आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले अनुसार २ सय ८३ वटै स्थानीय तहमा एकसाथ मतगणना हुने जानकारी दिएका छन् । दोस्रो चरणको निर्वाचनसम्म मतगणना पर्खिने कि नपर्खिने भन्ने द्विविधाबीच मतपेटिका गणनास्थल पुगेपछि प्रक्रिया पूरा गरेर मतगणना सुरु गरिने भएको हो ।

प्रवक्ता शर्माले यससम्बन्धी अधिकार निर्वाचन अधिकृतको कार्यालयलाई दिइएकाले मतगणना सम्बन्धमा आयोगले थप नयाँ निर्णय गर्नु नपर्नेसमेत बताए । ‘मतगणना कहिलेबाट र कहाँ गर्ने भन्ने अधिकार निर्वाचन ऐनले नै निर्वाचन अधिकृतको कार्यालयलाई प्रदान गरेको छ,’ शर्माले भने । मतपेटिका ओसारपसार गर्दा सुरक्षामा जटिलता आउनसक्ने भएकाले सदरमुकामसम्म नलैजाने र स्थानीय तहको केन्द्रमा नै मतगणना गर्ने आयोगले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले स्थानीय राजनीतिक दलसँगको समझदारीमा मतगणना हुने स्थान तथा समय टुंगो लगाउने र त्यसबारे सूचना टाँसेर जानकारी दिने कानुनी व्यवस्था छ । हरेक गाउँपालिकाको केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय खुलेकाले सोही कार्यालयमै हरेक वडा र तहको मतगणना हुनेछ ।

आयोगले वैशाख ३१ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । साँझ ५ बजेसम्म मतदानको समय तोकिए पनि ५ बजेसम्म लाममा बसेकाले आफ्नो मत राख्न पाउनेछन् । दिनभरिको थकाइ, मतपेटिका संकलन, गणना गर्ने स्थल छनोटलगायत प्राविधिक काम गर्नुपर्ने भएकाले जेठ १ गतेबाट सबै ठाउँमा गणना सुरु हुनसक्ने आँकलन गरेको आयोगले केही स्थानमा ३१ गते रातिबाटै मतगणना सुरु हुने जनाएको छ ।

गृहको तथ्यांक अनुसार स्थानीय तह निर्वाचन प्रचार प्रसार सूरु भएपछि दाङ, गोरखा, धादिङ, डोल्पा, नुवाकोट र दोलखामा झडप भए | झडपको क्रमा दोलखामा एक जनाको मृत्यु भएको छ ।

गृहका अनुसार रुकम र गोरखामा सत्ताधारी दल माओवादी र कांग्रेसकाा समर्थतबीच झडप हुँदा स्थिती नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्नु परेको थियो ।

२७ गते गोरखाकै लक्ष्मीबजारमा नयाँ शक्ति नेपाल र माओवादीका कार्यकर्ताबची झडप भएको थियो ।
२६ गते रुकमको सनोभेरी गाउँपालिकाको चुनावी कार्यक्रममा हिडेको कांग्रेस कार्यकर्तालाई माओवादी कार्यकर्ताले अवरोध गर्ने प्रयास गरेपछि दुवै पक्षमा झडपमा उत्रिएका थिए ।

दाङको मुसिकोट नगरपालिकामाा माओवादी केन्द्र र एमालेका कार्यकर्ताबीच झडप हुँदा दुई जना प्रहरी घाईते भएका थिए ।
दोलखाको जुगुमा एमाले र माओवादी केन्द्रका समर्थकबीच झडपमा गौरीशंकर गाउँपालिका २ का वडा सदस्यका उम्मेदवारी गोरे तामाङका छोरा कुलबहादुर तामाङको मृत्यु भयो ।

धादिङको गजुरी गाउँपालिकामा माओवादी केन्द्र र एमाालेका समर्थकबीच झडप भएको थियो । यस्तै भरतपुर महानगरपालिका मेयर उम्मेदवारी रेणाु दाहालको प्रचारमा पयाग भएको गाडी जलाइएको थियो । यो खबर आजको नागरिक दैनिकमा छ ।

Post Comment