काठमाडौँ महानगरपालिकाको मतपरिमाण सार्वजनिक गरिएको छ ।
भर्खरै प्राप्त समाचार अनुसार कामपा वडा नं १ को २ सय मतगणना हुदाँ ४८ एमाले ,२९ कांग्रेस , ४ माओवादी केन्द्र,३० बिबेकशिल ,३२ साझा पार्टिको रहेको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी गराउनुभयो ।
राष्ट्रिय सभागृहमा भइरहेको मतगणना निर्वाचन कार्यालयले मतगणना सुरु भएको पाँच घन्टापछि पहिलोपटक मतपरिमाण सार्वजनिक गरेको हो ।
वडा नं १ मा कुल तीन हजार ३६० मतदाता रहेकामा दुई हजार ३३२ मत खसेको थियो ।