देशकै सबैभन्दा ठूलो पोखरा लेखनाथ महानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ । स्थानीय तहको निर्वाचनअन्तर्गत जारी मतगणनामा कांग्रेस–माओवादी गठबन्धनलाई पन्छाउँदै एमालेले अग्रता लिएको हो । मतपरिणामअनुसार पोखरामा ९ सय ५२ मत गणना हुदाँ नेकपा एमाले मेयरमा ५ सय २ भने उपमेयरमा४ सय ८८ त्यस्तै कांग्रेस मेयरमा ३ सय ३६ मत ,उपमेयरमा
३ सय ४५ ल्याएका छन् । पोखरा लेखनाथको मेयरमा काँग्रेसबाट रामजी कुँवर, उपमेयरमा सरस्वती गुरुङ चुनावी मैदानमा छन् ।
त्यस्तै, एमालेबाट मेयरमा मानबहादुर जिसी र उपमेयरमा मञ्जु कुमारी गुरुङ प्रतिस्पर्धामा छन् । मेयरमा कांग्रेसलाई माओवादी केन्द्रको साथ छ । तैपनी दुई ठूला दल मिल्दा एमाले अगाडि देखिएको हो ।