काठमाडौंका अन्य दश नगरपालिकामध्ये कीर्तिपुर बाहेक अन्यत्र मतगणना जारी छ । कीर्तिपुरमा भने कांग्रेसले वडा नम्बर २ को गणना टुंगिएपछि पुनः मतगणना माग गरेपछि विवादका कारण रोकिएको छ ।
हालसम्म १० नगरपालिकामध्ये एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा छन् भने माओवादी केन्द्रले कुनै पनि नगरपालिकामा अग्रता लिन सकेको छैन ।
एमालेले बुढानीलकण्ठ नगरपालिकामा मतान्तर बढाउँदै लगेको छ । बुढानीलकण्ठका २ वटा वडामा एमालेको प्यानलै विजयी भइसकेको छ । त्यस्तै, शंखरापुर नगरपालिकामा पनि एमालेले अग्रता लिइरहेको छ ।
एमालेले अग्रता लिएका अन्य नगरपालिकामा तारकेश्वर, नागार्जुन, दक्षिणकाली र कीर्तिपुर पनि हुन् । नेपाली कांग्रेसले गोकर्णेश्वर, कागेश्वरी मनहरा, टोखा र चन्द्रागिरी नगरपालिकामा अग्रता लिइरहेको छ ।