स्थानिय निकाय निर्वाचन : काठमाण्डौं महानगरमा एमाले अग्रता , ताजा मत परिणाम

स्थानिय निकाय निर्वाचन : काठमाण्डौं महानगरमा एमाले अग्रता , ताजा मत परिणाम
जनसरोकार

काठमाडौं महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । विहान आठ बजेसम्मको मतपरिणाम अनुसार दोस्रो स्थानमा कांग्रेस र तेस्रो स्थानमा विवेकशिल नेपाली छन् ।

एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले ४ हजार ३१७ मत पाएका छन् । कांग्रेसका उम्मेदवार राजुराज जोशीको २ हजार ४७२ मत छ ।

विवेकशिल नेपालीकी रन्जु दर्शनाको मत १ हजार ८७७ र साझा पार्टीका किशोर थापाको १ हजार २२६ मत पाएका छन् ।

पाँचौं स्थानमा संघर्षरत माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलको मत भने ४९४ छ ।

Post Comment