उत्तरी पर्वतको जलजला गाउँपालिकामा नेपाली कांग्रेसका यामबहादुर मल्ल तीनहजार सातसय २३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
गएराति अबेर सम्पन्न मतगणनामा मल्लले नेकपा (एमाले)का उम्मेदवार लालबहादुर अधिकारीलाई ६४५ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । अधिकारीले तीन हजार ७८ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै, नेकपा (माओवादी केन्द्र)का उम्मेदवार बाबुराम कार्कीले एक हजार ९२१ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा पनि नेपाली काँग्रेसका सीमा पुन विजयी हुनुभएको छ । उहाँले तीन हजार ७८३ मत ल्याएर विजयी हुनुभएको हो ।
एमालेका अनिता शर्माले तीन हजार ६५७ र नेकपा (माओवादी केन्द्र)का सीता मल्लले एक हजार ५९४ मत प्राप्त गर्नुभयो । यो गाउँपालिकाका वडा नं २, ३, ४ र ८ मा कांग्रेस, र वडा नं ७ र ९ मा नेकपा (माओवादी केन्द्र) तथा वडा नं १, ५ र ६ मा नेकपा (एमाले) का वडाध्यक्ष विजयी भएका छन् ।
वडा नं १ मा तुलसीराम रेग्मी, २ मा गोविन्द खत्री, ३ मा देवीन्द्रबहादुर भण्डारी, ४ मा भीष्म मल्ल, ५ मा तिलक जिसी, ६ मा हमबहादुर फकामी, ७ मा टुङ्गनाथ आचार्य, ८ मा हरिविकास जिसी र ९ मा गौबहादुर पुन वडाध्यक्षमा चुनिएका छन् ।