भरतपुर महानगरपालिकाको शुक्रबारदेखि रोकिएको मतगणना सुरु भएको छ । शुक्रबार मतगणनामा तलमाथि गरिएको आरोप लगाउँदै कांग्रेस, माओवादी केन्द्र र राप्रपाका कार्यकर्ताले मत गणनास्थल बाहिर नाराबाजी गरेपछि भरतपुरमा मतगणना स्थगित भएको थियो ।
शनिबार बिहान सात बजे बसेको सर्वदलीय बैठकले आजदेखि तत्काल मतगणना सुरु गरेर चाँडै भन्दा चाँडै सक्ने सहमति गरेको छ ।
यसैगरी बैठकले शान्तिपूर्ण तरिकाले मतगणना सक्ने, सदर र बदर मत बाहिर ल्याउने र सूचना अधिकारी मार्फत हरेक घण्टाघण्टामा सञ्चारकर्मीलाई जानकारी गराउने सहमति गरेको छ ।