चुनावमा जाने हैन बरु आन्दोलनको तयारीमा छौं :- राष्ट्रिय जनता पार्टी महासचिव सुमन

चुनावमा जाने हैन बरु आन्दोलनको तयारीमा छौं :- राष्ट्रिय जनता पार्टी महासचिव सुमन
जनसरोकार

संविधान संशोधन हुने अवस्था नआएपनि मधेसी मोर्चा तथा संघीय गठबन्धनको प्रमुख घटक राष्ट्रिय जनता पार्टी चुनावमा आउने सत्तारूढ नेकपा माओवादी केन्द्रका नेता तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले दाबी गरेका छन् ।
सरकार संविधान संशोधनका लागि लचिलो भएपनि प्रमुख सात दलबीच शुक्रबार भएको वैठक सहमति हुन सकेको थिएन । तर, राजपा चुनावमा जानसक्ने सम्भावना रहेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले बताएका हुन् । उनले उनले तराईमा स्थानीय तहको संख्या बढाउने र गएको वर्ष भएका आन्दोलनका क्रममा कतिपय तराई केन्द्रित दलका कार्यकर्ताविरूद्ध लगाइएका मुद्दाहरू फिर्ता लिने निर्णय यसको प्रमुख आधार देखाउँदै राजपा चुनावमा आउनसक्ने सम्भावना आउने दाबी बीबीसी नेपाली सेवासँग गरेका छन् ।
पहिलो चरणको चुनाव बहिष्कार गरेका तराई केन्द्रित दलहरूले दोस्रो चरणको चुनावअघि संविधान संशोधन गरिनुपर्ने बताएका थिए । त्यतिमात्र नभएर तराई मधेसमा स्थानीय तहको संख्या बढाउनुपर्ने राजपाको दाबी थियो । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने यसको विरोध गरिरहेको छ ।
दोस्रो चरणको निर्वाचनमा सहभागिताका लागि संविधान संशोधन र स्थानीय तह थप गर्नुपर्ने पूर्व शर्त बनाइरहेका तराई केन्द्रित दलहरूलाई निर्वाचनमा सहभागी गराउन पहल गरिएपनि दलहरू सहमतिमा पुग्न सकेनन् ।
‘संविधान संशोधन बाहेक स्थानीय तह बढाउने र अरू तराई–थरूहट आन्दोलन क्रममा लागेका मुद्दा फिर्ता लगायतका तीन÷चारवटा विषय मिलेमा शायद उहाँहरू चुनावमा आउनुहुन्छ।’, खनालले भने ।
राष्ट्रिय जनता पार्टी नेपालका कतिपय नेताहरूले चाहिँ प्रधानमन्त्रीसहित विपक्षी नेतासँग भएको छलफलमा खासै प्रगति नभएको प्रतिक्रिया दिएका छन्।
महासचिव मनिषकुमार सुमनले भने, ‘संविधान संशोधन बिना हामी चुनावमा जाने वातावरण बन्दैन, बरू आन्दोलनका कार्यक्रम घोषणा गर्नेबारे हामी विचार गरिरहेका छौँ।’

Post Comment