धानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी १० गते पदबाट राजीनामा दिने भएका छन् ।
१० गते बुधवार संसदमा संम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले राजीनामा घोषणा गर्ने स्रोतको भनाई छ । ८ गते संसद अधिवेशन आव्हान गरिएकाले त्यसको दुई दिनपछि प्रधानमन्त्रीले पद छाड्ने तयारी गरेका माओवादी केन्द्रका एक नेताले जानकारी दिए । प्रधानमन्त्रीले राजीनामा दिएपनि बजेट भने यहि सरकारले ल्याउने भएको छ ।
अर्को सरकार बन्ने प्रक्रियाका लागि एकसाता भन्दा लामो समय लाग्ने भएकाले जेठ १५ गते प्रचण्ड नेतृत्वको कामचलाउ सरकारले नै बजेट ल्याउन लागेको हो । १० गते प्रधानमन्त्रीले राजीनामा दिएपछि राष्ट्रपतिले सहमतिय सरकार गठनका लागी एक साताको समय दिएर आव्हान गर्ने छिन् । २० गतेभित्र अर्को सरकार गठन हुने संभावना छ ।
माओवादी केन्द्रको समर्थनमा कंग्रेस सभापति शेरवहादुर देउवा प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएको छ ।