नेपाली कांग्रेस, माओवादी केन्द्रसहितका दलको बहिस्कारका बीच पोखरा महानगरको मतगणना सुरु हु भएको छ ।
निर्वाचन कार्यालयले मत गणना सुरु हुन लागेको जानकारी गराएको छ । तर, कांग्रेस, माओवादीसहितका दलले निर्वाचन अधिकृतले गणना सुरु गर्ने निर्णय गरेको भन्दै बहिस्कार गरेका छन् ।
बहिस्कार गर्ने दलहरुले संयुक्त पत्रकार सम्मेलनको तयारी गरेका छन् । आइतबार विहानैदेखि जारी सर्वदलीय बैठकले निर्वाचन आयोगसँगको परामर्शमा मतगणना सूचारु गर्ने निर्णय गरेपछि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले बताए । यसअघि मतगणनालाई सुरु गर्ने विषयमा आइतबार बसेको सर्वदलीय बैठक पनि निष्कर्षहीन बनेको थियो । दलहरुबीच सहमति हुन नसकेपछि यसको छिनोफानो गर्ने जिम्मा काठमाडौँस्थित निर्वाचन आयोगको केन्द्रलाई दिइएको थियो । निर्वाचन आयोगले भर्खरै सुझाव पत्र पठाएपछि सर्वदलीय बैठकले पुनः मतगणना सूचारु गर्ने निर्णय गरेको हो ।