ललितपुर महानगरमा कांग्रेस बिजयी

ललितपुर महानगरमा कांग्रेस बिजयी
जनसरोकार

लितपुर महानगरपालिकाको मेयर र उपमेयर जितेर नेपाली काँग्रेसले महानगरपालिकामा खाता खोलेको छ ।

नेपाली काँग्रेसका चिरीबाबु महर्जन मेयरमा विजयी भएका हुन् । मंगलबार मध्यराति आएको मतपरिणाम अनुसार, निकटतम प्रतिस्पर्धी एमालेका हरिकृष्ण व्यन्जनकार ३६५ मतले पराजित भएका छन् ।

राति साढे १ बजे घोषित अन्तिम नतिजाअनुसार महर्जनले २४ हजार ६६६ मत पाए । उनका अनुसार निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २४ हजार ३०१ मत ल्याए ।

उपमेयरमा पनि काँग्रेसकै गीता सत्याल विजयी भएकी छिन् । कांग्रेसकी सत्यालले १९ हजार २३६ मत ल्याइन् । उनकी निकटतम प्रतिद्वन्द्वी साझा पार्टीकी शोभा शाक्यले १४४३३ मत पाएकी छन्।

Post Comment