नेपाली काँग्रेस कास्कीका उपसभापति हरि आचार्यको हर्ट एटयाक भइ निधन भएको छ । पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ काँहु निवासी ४४ वर्षिय आचार्यको बुधवार विहान आफ्नै निवासमा हर्ट एट्याक भए पछि उपचारार्थ मनिपाल अस्पतालमा पुरयाउदा उहाको निधन भएको थियो । उहाको पार्थिब शरीर अन्तिम श्रद्धाञ्जली का लागि आज दिउँसो १ बजे नेपाली काङ्ग्रेस कास्किको कार्यालय चिप्लेढुङ्गा मा राखिने बताइएको छ ।
नेपाली कांग्रेस कास्कीको १३ औं महाधिवेशनबाट उपसभापति बनेका आचार्य त्यसअघिे जिल्ला सदस्य, तरुण दल कास्कीका पूर्व सहसचिव र हाल काहुँ बृहत खानेपानी आयोजनाको अध्यक्षसमेत थिए ।
उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।