एमालेको दवावले रोकेन प्रधानमन्त्रीको राजिनामा , जाँदा जाँदै के भने प्रचण्डले ?

एमालेको दवावले रोकेन प्रधानमन्त्रीको राजिनामा , जाँदा जाँदै के भने प्रचण्डले ?
जनसरोकार

प्रधानमन्त्री पुष्पकमल दाहालले आज देशबासिका नाममा सम्बोधन गर्दै पद बाट राजिनामा दिनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अआफ्नो १० महिने कार्यकालको प्रगति र आफू नेतृत्वको सरकारले देश र जनताका पक्षमा गरेका कामबारे देशवासीलाई जानकारी दिनुभएको छ ।
नेपाली जनतालाई व्यवस्थापिका–संसद्बाट विशेष सम्बोधन गर्ने योजना हिजो सदन सञ्चालन हुन नसकेकाले रोकिएपछि आज प्रधानमन्त्री कार्यालयबाटै उहाँले सम्बोधन गर्नुभएको हो ।

सम्बोधनका क्रममा उहाँले संविधान कार्यान्वयनका क्रममा स्थानीय तहको पहिलो चरणको निर्वाचन, काठमाडौँ उपत्यकामा विद्युत् कटौतीको अन्त्य, लगानी सम्मेलनको सफल आयोजना, आर्थिक वृद्धिदर बढोत्तरीका निम्ति गरिएका सुधार कार्यक्रम, सर्वसाधारण जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा, गरिब तथा विपन्न नागरिकलाई सहयोग र भूकम्पपछिको पुनःनिर्माणका कामलाई गति दिन आफू नेतृत्वको सरकार सफल भएको बताउनुभएको छ ।

Post Comment