आक्रोशित हुदै निधिले भने:-एमालेलाई कसरी भूमिका निर्वाह गर्नुपर्छ भन्ने जानकारी पनि छैन

आक्रोशित हुदै निधिले भने:-एमालेलाई कसरी भूमिका निर्वाह गर्नुपर्छ भन्ने जानकारी पनि छैन
जनसरोकार

उपप्रधानमन्त्री विमलेन्द्र निधिले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रपतिद्वारा व्यवस्थापिका–संसद्को अधिवेशनलाई गर्नुभएको सम्बोधनका लागि धन्यवाद ज्ञापन पनि गर्न नदिई के माग राखेको हो भन्ने प्रश्न गर्नुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकबाट बाहिरिने क्रममा गृहमन्त्री निधिले भन्नुभयो “उसलाई (एमाले) प्रतिपक्षको भूमिका के हो ? कसरी निर्वाह गर्नुपर्छ भन्ने जानकारी पनि छैन कि ? एमालेको सदनको आजको गतिविधि हास्यास्पद रह्यो ।”

प्रमुख प्रतिपक्षी दलको भावनालाई सरकारले ध्यान दिएको उहाँले बताउनुभयो । सदनको आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । दोस्रो बैठकमा राष्ट्रपतिको सम्बोधनलाई धन्यवाद दिने कार्यसूची भए पनि प्रमुख प्रतिपक्षी दलका सांसदले आआफ्नो आसनबाट उठी विरोध जवनाउनुभएको थियो ।

गृहमन्त्री निधिले प्रधानमन्त्री प्रचण्डले काँँग्रेस र नेकपा(माओवादी केन्द्र)बीच भएको सहमतिअनुसार आफ्नो पदबाट राजीनामा दिनुभएको हो, अब नयाँ सरकारको गठन प्रंक्रिया अगाडि बढ्छ भन्नुभयो ।

Post Comment