दिल्लीबाट मोदीको फोन प्रचण्डलाई : ‘तपाईं नेपाली इतिहासकै सफल प्रधानमन्त्रीको,अति नै खुशि छु’

दिल्लीबाट मोदीको फोन प्रचण्डलाई : ‘तपाईं नेपाली इतिहासकै सफल प्रधानमन्त्रीको,अति नै खुशि छु’
जनसरोकार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सफल भएकामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् ।
मोदीले बिहीबार टेलिफोन गरी प्रचण्डलाई कुशलतापूर्वक निर्वाचन सम्पन्न गराउन सकेकामा बधाई दिएका हुन् । स्थानीय निर्वाचनले नेपाललाई शान्ति, स्थायित्व र विकासको दिशामा अगाडि लैजाने भन्दै मोदीले खुसी व्यक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
मोदीले नेपालमा स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै संविधान कार्यान्यवनको बाटो खुलेको समेत बताए । भारतको तर्फबाट नेपालको संविधानका पक्षमा आएको यो पहिलो लचकदार अभिव्यक्ति हो ।
यसअघि भारतीय नेतृत्वले संविधानले सबै पक्षलाई समेट्न नसकेको भन्दै सर्वस्वीकार्य बनाउन दबाब दिँदै आएको थियो ।
‘अत्यन्तै कठिन र चुनौतीपूर्ण समयमा प्रधानमन्त्री भएर पनि शान्तिपूर्ण र निश्पक्ष रुपमा पहिलो चरणको स्थानीय निकायको निर्वाचन सम्पन्न गराउन सकेकामा भारतका महामहिम प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्रीलाई बधाई दिनुभयो’, आचार्यले भने, ‘तपाईं नेपाली इतिहासकै सफल प्रधानमन्त्रीको छाप छाडेर जानुभयो भन्दै खुसी पनि व्यक्त गर्नुभयो ।’
भारतले ३१ वैशाखका लागि घोषित दोश्रो तहको स्थानीय निकाय निर्वाचन हुन नदिन चलखेल गरिरहेको दाबी गरिएकै बेला मोदीले निर्वाचनलाई समर्थन गरेका हुन् ।

Post Comment