पोखरा–लेखनाथ महानगरपालिकाको मेयरमा एमालेका मानबहादुर जिसी विजयी भएका छन् ।
शुक्रबार बिहान सम्पन्न मत गणनामा जिसीले कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई झण्डै १४ हजार मतान्तरले पराजित गरेका हुन् । जिसीले ६० हजार ४ सय २३ मत पाएका छन् । जिसीका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कुँवरले ४६ हजार ४ सय ७३ मत पाए ।
कांग्रेसका कुँवरलाई माओवादी केन्द्रले समर्थन गरेको थियो । एमाले तीन वटा महानगरपालिकामा अगाडि रहे पनि पहिलो पटक पोखरा–लेखनाथ महानगरमा विजयी हासिल गरेको हो ।
उपमेयरमा पनि एमालेकै मञ्जु गुरुङ विजयी भएकी छिन् । उनले कांग्रेस उम्मेदवार सरस्वती गुरुङलाई झण्डै १४ हजार मतान्तरले पराजित गरेकी छिन् ।
मञ्जुले ५६ हजार ४४८ मत पाइन् भने सरस्वतीले ४४ हजार ३३८ मत पाएकी छन् ।