पोखरा लेखनाथका नवनिर्वाचित मेयर मानवहादुर जिसि, को हुन् उनि ?

पोखरा लेखनाथका नवनिर्वाचित मेयर मानवहादुर जिसि, को हुन् उनि ?
जनसरोकार

पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा नेकपा एमालेका मानबहादुर जिसी विजयी भएका छन् । यससँगै महानगरमा एमाले खाता खोलेको छ ।भर्खरै सम्पन्न मत गणनामा जिसीले कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई झण्डै १४ हजार मतान्तरले पराजित गरे ।

व्यक्तिगत विवरण

नाम : मानबहादुर जिसी

बाबु : नरबहादुर जिसी

आमा : मानकुमारी जिसी

जन्म :२०१७ भाद्र १७ गते मंगलबार ( ५ सन्तान– ४ छोरा र १ छोरी मध्य जेठो सन्तानको रुपमा मध्यम वर्गीय किसान परिवारमा जन्म )

जन्म स्थान : साविक कालिका गाविस वडा नं.५ देउमाडी (हाल पोखरा लेखनाथ महानगरपालिका वडा नं. २८)

विवाह : २०३६ साल फागुन २७ गते पोखरा– १२ निवासी सुब्बा डम्बरबहादुर कार्कीको छोरी शिव कार्कीसँग विवाह ।

सन्तान : २ छोरी–मन्जु र अन्जु जिसी, १ छोरा अशोक जिसी

शिक्षा : १—३ कक्षा जनक प्रावि ओखले माझठाना,

४ कक्षा हिमालय प्रावि ठूलोस्वारा चितेपानी।
५—१० कक्षा श्री जनज्योति माध्यामिक विद्यालय झाझरमारे ।
२०३५ सालमा एसएलसी परीक्षा उर्तीण, श्री जनज्योति मावि झाझरमारे
बिएड सम्मको उच्च शिक्षा पृथ्वीनारायण क्याम्पस पोखरा ।
राजनीतिक जीवन :

२०३७ सालमा अनेरास्ववियुको सदस्यता प्राप्त गरी प्रारम्भिक कमिटी संगठित ।
२०३९ सालमा पृथ्वीनारायण क्याम्पस अनेरास्ववियु प्राकको अध्यक्ष ।
२०४१ सालमा नेकपा(माले)को पार्टी सदस्यता प्राप्त ।
संगठित कमिटीहरु

नेकपा एमाले कालिका गाउँ कमिटीको सचिव, इलाका कमिटी इलाका नं.४ कास्कीको सचिव, निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं. १ को सचिव,
२०४९ सालमा— नेकपा एमाले जिल्ला संगठन कमिटीको सदस्य,
२०५० सालमा— नेकपा एमाले कास्कीको तेस्रो जिल्ला अधिवेशनवाट निर्वाचित जिल्ला कमिटी सदस्य ।
२०५३ सालमा— चांैथो जिल्ला अधिवेशनवाट निर्वाचित जिल्ला सदस्य साथै निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं. १ कास्कीको सचिव ।
२०५४ सालमा नेकपा एमाले जिल्ला कमिटी कास्कीको उपसचिव, पाचौ जिल्ला अधिवेशनवाट पुन : उपसचिव
२०५८ साल देखि २०६० साल सम्म २ वर्ष जिल्ला कमिटी कास्कीको सचिव (पार्टी प्रमुख) को जिम्मेवारी ।
पार्टीको आठौं जिल्ला अधिवेशनवाट अध्यक्षमा निर्वाचित (२०६६—२०७० साल सम्म अध्यक्षको जिम्मेवारी)
पार्टीकोे हालको जिम्मेवारी :

नेकपा एमाले केन्द्रीय कमिटी वैकल्पिक सदस्य एवं कास्की जिल्ला इन्चार्ज
प्रदेश संगठन कमिटी प्रदेश नं. ४ को कार्यालय सचिव ।
संसदीय क्षेत्रमा :

२०४९ र २०५४ मा कास्की जिल्ला अन्तर्गत साविक कालिका गाविसको निर्वाचित अध्यक्ष ।
२०७० सालको दोस्रो संविधानसभामा कास्की निर्वाचन क्षेत्र नं.१ बाट (२७२) ले पराजित ।
गाउँ विकास समिति राष्ट्रिय महासंघ नेपालको केन्द्रीय सदस्य तथा सचिवालय सदस्य ।
शैक्षिक क्षेत्रको सेवामा

२०३६ सालमा रत्नशोभा निमाविमा शिक्षक ।
२०४१ देखि २०४४ साल सम्म कालिका गाउँ पञ्चायतको बमचन्द्रकला प्राविमा शिक्षक ।
राजनीतिक नियुक्ति

कास्की जिल्ला सुकुम्वासी समस्या समाधान आयोगको अध्यक्षको जिम्मेवारी (मात्र तीन महिना) ।
समाज सेवा र विकास निर्माण :

सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान र सेवा पु¥याउँदैं विशेष गरी कास्कीको क्षेत्र नं. १ मा खानेपानी, बाटो, पुल लगायतका विकाससँग जोडिएका योजना र निर्माण सम्बन्धी कार्यमा निरन्तर क्रियाशील विकासवादी नेताको रुपमा आफ्नो पहिचान दिन सफल ।
हिरासत

देशमा लोकतन्त्र र गणतन्त्रलाई स्थापित गराउन २०६२/०६३ मा भएको शान्तिपूर्ण जनआन्दोलनको नेतृत्व गरेकै कारण ६२ दिन सम्म हिरासतमा रहेको ।

Post Comment